Monday, October 25
Shadow

प्रियंका कार्की र आयुष्मान ११ दिनको आफ्नो छोरी आयंकासंग (हेर्नुस तस्विर)

इटहरी/ अलि अघिसम्म नेपालि चलचित्र उधोगमा अभिनेत्रीहरु गर्भवती बन्ने लहर नै चल्यो ।

अहिले सबै आमा बनिसकेकी छन् ।गरिमा पन्त, रक्षा श्रेष्ठ, ऋचा शर्मा र प्रियंका कार्की लगभग एकै समयमा आमा बन्न लागेको खबरले मिडिया र सामाजिक संजाल निकै तातेको थियो ।

यतिबेला यी सबै अभिनेत्रीहरु आफ्नो सन्तान खेलाईरहेका छन् । यता अर्की नायिका रन्जना शर्मा भने विबाह नै नगरी गर्भवती भएको खबरले सामाजिक संजाल अहिले तातिरहेको अवस्था छ ।

उनले सार्बजनिक रुपमा इङ्गेजमेण्ट मात्र गरेकि छन् तर विबाह भने नगरिएको खबर छ । गर्भवती अवस्था हुदा लामो समयसम्म अर्थात हरपल चर्चामा रहेकी नायिका प्रियंका कार्की र अभिनेता आयुष्मानको पहिलो सन्तान आयांका ११ दिनको भएकी छन् ।यी २ ले खुशी मुद्रामा आफ्नो सन्तानको साथमा रहेको तस्विर सार्बजनिक गरेका छन् ।

सो तस्विर आयांकाको न्वारानमा लीईएको तस्विर हो । हेर्नुस सो तस्विरहरु source: dhthreeonline.com हेर्नुस तस्विर