Saturday, October 23
Shadow

विदेशमा धेरै दुःख गरेर कमाएको पैसा एक टुक्रा जग्गामा खेर नफाल्न हरिवंश आचार्यको यस्तो सुझाव !

पुरा खबर अघि यो भिडियो,

विदेशमा धेरै दुःख गरेर कमाएको पैसा एक टुक्रा जग्गामा खेर नफाल्न, हरिवंश आचार्यको सुझाव।

हरिवंश आचार्य, वरिष्ठ कलाकार-म काठमाडौंको टंगाल गैरीधारामा जन्मिएको हुँ । त्यहाँ हाम्रो आफ्नै घर थियो । त्यही घरमा बाल्यकाल बित्यो ।

पछि, आमा बुवा वित्नुभयो । त्यो घरमा दाजुभाइको अंशबण्डा लाग्थ्यो। घर पनि पुरानो भइसकेको थियो । हामीले घर बिक्री गर्ने योजना बनायौं । त्यो घर बिक्री गरेपछि केही पैसा आएको थियो ।

तर, चिनजानकै आफ्नै मान्छेले तिमीलाई नक्सालमा जग्गा दिन्छु भनेर पैसा लगेर खाइदियो । जग्गा दिएन । त्यो मान्छेसँग मेरो ११-१२ बर्षसम्म मुद्दा चल्यो । मैले मुद्दा जितेपछि पैसा फिर्ता पाएँ ।

तर, त्यो बेला मेरो पैसाको भ्यालू निकै कम भइसकेको थियो ।जग्गाको मूल्य बढेको बढ्यौ थियो, तर पैसा जत्तिको त्यति । मैले फिर्ता पाएको पैसाले अब घरजग्गा आउने अवस्था रहेन ।

त्यो पैसा पनि मुद्दा मामिलामा उत्रिएर बल्लबल्ल पाइएको थियो । म आफ्नै घरमा जन्मिएको, आफ्नै घरम हुर्किएको मान्छे, एकाएक घरबार बिहीन हुनुपर्यो ।घर नहुँदा पिडा हुने रैछ । मलाई निकैपिडा बोध भयो ।

त्यसबेला मेरो जीवनको उद्देश्य के थियो भने, २ कोठाको टिनले बारेको भएपनि आफ्नै घर बनाउन पाए हुन्थ्यो । अब मेरा संघर्षका दिनहरु सुरु भए । जीवनमा धेरै मिहिनेत पनि गरियो । मैले २ कोठाको टिनले बारेकै भएपनि आफ्नै घर बनाउन पाए हुन्थ्यो भन्दा भन्दै घट्टेकुलोमा ४ कोठाको ढलान गरेको घर बनाएँ ।यो ०३८-३९ सालतिर मैले घर ठड्याएँ । २ वटा कोठामा प्लास्टर गरेका थियौं ।

२ कोठामा प्लास्टर गर्न पैसा थिएन । २ कोठाको झ्यालमा ग्रिल हालेका थियौं । २ कोठामा हाल्न सकेका थिएनौं । घर भनेको मान्छेको संसार रहेछ । म न्यूयोर्क जाउँ वा बेइजिङ जाउँ, मेरो लागि मेरो घरको बेडरुम सबैभन्दा प्यारो संसार हो । मेरो बेडरुममा पाउने आनन्द कहीँ पाउँदिन । यो खबर नेपाल होम्सबाट साभार गरियको हो ।