Tuesday, October 26
Shadow

प्रचण्ड पत्नी सीता दाहाल अस्प’ताल भर्ना, कारण यस्तो

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अ’स्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्प’तालमा भर्ना गरिएको हो ।

प्रचण्डको पारिवारिक स्रोतका अनुसार सीतालाई मंगलबार बिहान अस्प’ताल भर्ना गरिएको हो । अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र

आज केही सुधार देखिएको चिकि’त्सकलाई उद्धृत गर्दै स्रोतले बतायो । यद्यपि अस्प’तालबाट कहिले डिस्चार्ज गर्ने भन्ने एकिन छैन ।

सीता दाहाल लामो समयदेखि पार्कि’न्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।

गत पुसमा उनलाई भारतको नयाँ दिल्लीमा उप’चार गरी ल्याइएको थियो । हालै उनका छोरीहरुले सामाजिक सन्जालमा पोष्ट गरेको एउटा तस्वीरमा सीताको स्वा’स्थ्य थप बिग्रिदै गएको जस्तो देखिन्थ्यो ।

अनलाइर्न खबर बाट साभार