Sunday, October 24
Shadow

के तपाईले सडकमा भेटिएको पैसा उठाउनु भएको छ ? जान्नुहोस् यसको राज के हो ?

पुरा खबर,

तपाई जति नै धनी किन नहोस् वाटोमा पैसा भेटियो भने खुशी अवश्य हुनुहुन्छ ।

तर तपाईलाई थाहा छ यसरी वाटोमा पैसा भेटाउनुको पछि गहिरो रहस्य हुनसक्छ । ज्योतिर्विद सूरज मिश्राले यसरी वाटोमा पैसा भटिनुको के मतलव हुनसक्छ स्पष्ट वताउनु भएको छ ।

पैसा भेटिनु र पाउनुको केही न केही मतलव हुने गर्दछ । तपाई वाटोमा हिद्दा हिद्दै कही धन प्राप्ती भयो भने यसको मतलव सफलताको संकेत हुन सक्छ । भगवानले तपाई सफलताको अगाडी वढ्दै हुनुहुन्छ र ईश्वर तपाईको साथमा छ भन्न खोजेको हो । यसरी अचानक धन वा पैसा प्राप्ती पछि तपाईले संयमले काम लिन जरुरी हुन्छ किनकी अचानक धन प्राप्ती हुनु ईश्वरले तपाईको दायित्व र कर्तव्यको परिक्षा लिएको संकेत हुन सक्छ ।

यो भन्दा वाहेक वाटोमा अचानक प्राप्त गरेको धन वा पैसा अर्थ आफ्नो पुर्खासँग पनि जोडेर हेर्ने गरेको छ । भनिन्छ उक्त धन पुर्खाको आदेशवाट प्राप्त गरेको हो । यसको मध्यमवाट तपाईको पुर्खा जान्न चाहन्छ की आउने समयमा तपाई उक्त धनलाई कसरी कुन कामकोलागि उपयोग गर्नुहुन्छ ।

सडकमा पैसा भेटिनु सही अर्थमा तपाईको परिक्षा हो । यो परिक्षा तपाईले एक व्यवस्थित रुपमा पार गर्नु पर्ने हुन्छ । तपाईले प्राप्त गरेको धनको केही हिस्सा आवश्यक परेको व्यक्तिलाई दिनु पर्छ । केही धन मन्दिरमा भगवानलाई अर्पण गर्नु पर्छ र केही धन आफ्नो खराव समयको लागि राख्नु पर्छ ।

यसरि अचानक भेटिएको धन वा पैसा दैनिक कामको लागि प्रयोग नगर्दा राम्रो हुन्छ । यसरी प्राप्त गरेको धन वा पैसा आफ्नो मोजमस्तीमा प्रयोग गरे कुनै न कुनै वेला तपाईले नोक्सान व्यहोर्नु पर्ने हुन सक्छ । यसको मध्यमवाट तपाईले इश्वरले दिएको दायित्व उठाउन नसक्ने क्षमताको संकेत गर्छ ।

त्यसै गरि धन वा पैसा गुमाउनु पनि उचित मानिन्दैन । यसरी हराएको धनवाट ईश्वरले तपाईको धैर्यको परिक्षा लिएको हुन्छ । जस्तो की धन गुमाउँदा व्यक्तिले के गर्छ ? के उसले यसको लागि कसैलाई दण्ड दिन्छ ? के उ ईश्वरको शरणमा जान्छ या उ फेरी धन आर्जन गर्ने प्रयास गर्छ ? धन गुमाउनाले नै व्यक्ति आफ्नो दायित्वको वोध गर्ने हुन्छ । यदि धन वा पैसा गुमाएर व्यक्ति कुनै गलत काममा लाग्छ भने यसको परिणाम पनि चाँडै नै प्राप्त गर्छ ।

यो पनि पढौ : मन्दिरभित्र पस्नु अगाडी ‘घण्टी’ किन बजाईन्छ ?

मन्दिरमा पुजा गर्न जाँदा भित्र छिर्नु भन्दा पहिले जहिले पनि घण्टी बजाइन्छ । यो सामान्य प्रक्रिया हो तर यसको बैज्ञानि कारण समेत रहेको छ । घण्टी बजाउनुको पनि बिशेष अर्थ छ । ‘हिन्दु’हरूको मन्दिरमा अथवा क्रिश्चियनहरूको चर्चमा राखिने घण्टी कुनै साधारण धातुबाट बनेको हुँदैन।

घण्टी बनाउँदा धेरै किसिमका धातुहरूलाई सही मात्रामा मिश्रण गरेर मात्रै बनाइन्छ। क्याडमियम, लिड, कपर, जिङ्क, निकेल, क्रोमियम र म्याङ्गानिजलाई सहि अनुपातमा राखेर सम्मिश्रण बनाइन्छ र उक्त मिश्रणधातुबाटै घण्टीको निर्माण गरिन्छ। घण्टी बनाउँदा यस्तो किसिमले बनाएको हुन्छ कि त्यो बज्दा भिन्न किसिमको ध्वनीको कम्पन निस्कन्छ, जसले हाम्रो दुवै कानको सुन्ने शक्तिमा एकता ल्याउँदछ र हाम्रो दायाँ(बायाँ दुवै दिमागलाई सन्तुलन ल्याउँदछ ।

जब घण्टी बजाइन्छ, तब त्यसले एक तीखो तर टिकाउ ध्वनी निकाल्दछ जुन कम्तीमा पनि ७ सेकेण्डसम्म बजिरहन्छ, यसले मानिसको शरीरमा हुने सात वटै ‘हिलिङ्ग सेन्टर‘ (ज्भबष्लिन ऋभलतभच) लाई स्पर्श गर्दछ र शरीरमा छुट्टै किसिमको स्फुर्ती ल्याउँदछ। अनि जब तपाईँले घण्टीको ध्वनी सुन्नुहुन्छ तब तपाईँको दिमागमा भएको सबै नचाहिने कुराहरू हट्दछ र चिन्तामुक्त मन हुन्छ । यो खबर साभार गरियको हो ।