Saturday, October 23
Shadow

भोलीदेखि नि’षेधा’ज्ञ हुने भएपछि सुपुष्पाले आजै गरिन् रौनक सँग इन्गेजमेन्ट

नायिका सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेल सँग इन्गेजमेन्ट गरेकी छिन् ।
उनीहरुले एक पारि वारिक समारोहका विच इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरुले आज इन्गेजमेन्ट गरेको वुझिएको छ । उसो त, उनीहरुले वैशाख १७ गते इन्गेजमेन्ट गर्ने तयारी गरेका थिए ।

तर, काठमाण्डौमा भोलीबाट निषे’धाज्ञ घोषणा भएसँगै उनीहरुले २ दिन अगाडि नै इन्गेजमेन्ट गरेका हुन् ।
सुपुष्पा र रौनक विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए । केही दिन अगाडि सुपुष्पा र रौनकको प्रेमको खबर सार्वजनिक भएको थियो ।

सुपुष्पा र रौनकको इन्गेजमेन्ट हुन लागेको खबर सार्वजनिक भएपछि यसमा प्रतिक्रिया दिदै सुपुष्पाले प्रेममा रहेपनि इन्गेजमेन्ट भने गर्न नलागेको प्रतिक्रिया दिएकी थिइन् ।
तर, यो जोडीले आफ्नो छोटो प्रेमलाई बैबाहिक जीवनमा परिणत गर्ने तयारी गरेको छ ।

नयिका सुपुष्पा भट्टले चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी थिइन् । यसपछि उनले ‘छ माया छपक्कै र चपली हाइट ३’मा काम गरेकी छिन् । यस्तै, रौनकले ‘कबड्डी’ जस्तो सफल चलचित्र निर्माण गरेका छन् ।

उनीहरुको बिहे मिति भने तय भएको छैन ।
नयाँ बाटोबाट साभार गरियको