Saturday, October 23
Shadow

कहाँ गईन बिना सापकोटा, झन्डै ३ महिना बितिसक्दा पनि कुनै अत्तो पत्तो छैन , छोरी फर्किने आशमा परिवार !

पुरा खबर,

गैँडाकोट नगरपालिका – ४ जनक कलेज पछाडि झपर्दी चोकबाट हराएकी २१ वर्षीय बिना सापकोटालाई अहिलेसम्म भेट्न सकिएको छैन ।

छोरीको झझल्को र यादले बिक्षिप्त बनेका बुबा जयश्वर सापकोटा र आमा रिता सापकोटा अझै पनि छोरी फर्कने आ’शमा नै छन् ।

उनीहरुले रितालाई देशका विभिन्न ठाउँमा सकेसम्म खोजे तर भेट्न सकेनन् । असार १४ गते अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना सापकोटा भरतपुरको चौबिस कोठीबाट बे’पत्ता भएकी थिइन् ।

उनको प्रेमी प्रवेश कँडेलले बिनालाई गैँडाकोटस्थित घरैबाट स्कु’टरमा राखेर लगेका थिए । आधा घण्टामा आउँछु भनेर उनी प्रवेशसँग गएकी थिइन् । अहिले सम्म फर्किएकी छैनन् । उनलाई कतै पनि भेटिएको छैन । केटाले दुईवटा केटीलाई प्रेम गर्ने कुरा थाहा भएपछि यो समस्या आएको परिवारले बताउँदै आएको थियो ।

बुबा जयेश्वर सापकोटाले नारायणी अनलाइनलाई भने, ‘देशभरका सबै ठाउँमा आफन्तहरु मार्फत् खोजी सक्यौं । तर, कतै भेटिएको छैन । अझै पनि पर्खन्छन् कि भन्ने त लाग्छ ।’ उनले आमा रिता सापकोटा छोरीको पी’रले निकै बि’क्षिप्त बनेर अहिले बल्ल अलीअली उठेर काम गर्न थालेको बताए ।

भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेलसँग केही वर्षदेखि बिनाको प्रेम सम्बन्ध रहेको थियो । दुई वर्षपछि विवाह गर्ने भन्ने चर्चा परिवारमा चलेको थियो । बुबा सापकोटाले छोरी चार दिन देखि घर नफर्किएपछि असार १८ गते साँझ फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी हराएको बारेमा सूचना सार्वजनिक गरेका थिए ।

जि’ल्ला प्रहरी कार्यालयले यस घ’टनामा सबै अनुसन्धान सकेर अ’दालतमा पेस गरेको थियो । अहिले चितवन जिल्ला अदालतले घ’टनाका मुख्य आ’रोपी प्रवेश कँडेललाई तारेखमा छाडे’को छ । चितवन प्र’हरी प्रवक्ता सूर्य थापाले अहिले सम्म बिना सापकोटा नभेटिएको बताए ।

जिल्ला प्र’हरी कार्यालय चितवनमा प्रवेशले दिएको बयानमा भरतपुर स्थित ती अर्की यूवतीको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो । सुरूमा ती युवतीले प्रवेशसँग आफ्नो सामान्य कुराकानी मात्रै हुने गरेको बताएकी थिइन् । चितवन प्र’हरीका अनुसार बिनाको प्रेमीले आफ्ना दुई प्रेमिका बिना र कुसुमको भेट गराएपछि दुई जनाको बीचमा बाझा’बाझ भएको र बिना बेहो’ स भएको बयान दिएका थिए । बेहोस भएकी बिनालाई कुसुमको घर लगेको बताएका थिए । साढे साँझ ६ बजेतिर छोरी बेहोस भएको खबर बुबा जयश्वरलाई आएको थियो ।

उनले भने, ‘हामीले सबै अध्ययन सकेर घट’ना अ’दालतमा गएको हो । अहिले के भइरहेको छ । हामीलाई थाहा छैन , प्रवेश र विनाको प्रेम सम्बन्धको कुरा दुवै परिवारलाई थाहा थियो । प्रवेश बिनाको घरमा बेला बेलामा पुगिरहन्थे । बिनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भए । बे’पत्ता भएकी बिना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लागेको बिनाका परिवारले जानकारी दिएका थिए ।

अध्ययनकै क्रममा बिना फटाफट हिड्दै पुलचोक तिर गएको नारायणगढको सीसी क्यामरा फुटेजमा देखिएको थियो । असोज १४ गते उनी हराएको तीन महिना पुग्छ । युवकले प्र’हरीसँगको बयानमा ती युवतीको घरबाट बिनालाई गैँडाकोट पु¥याउन स्कुटर निकाले पनि बिना त्यसमा बस्न नमानेको बताएका थिए । उनका अनुसार बिना पैदल नै चौबिस कोठीसम्म गएको तर आफू एटीएममा पसेको बेला बे’पत्ता भएको बताएका थिए ।

जयश्वर र प्र’वेशले राति २ बजेसम्म भरतपुरका विभिन्न ठाउँमा बिनालाई खोजेका थिए । नभेटेपछि प्रवेशलाई पनि लिएर गैंडाकोटस्थित घर पुगे । घ’टनाको विषयमा प्रहरीलाई मौखिक जानकारी गराएका थिए । अहिलेसम्म बिनाको अत्तोपत्तो नहुँदा बिनाका बुबाआमा कि लाश त कि श्वासको खोजीमा झनै पीडामा दिन कटाइरहेका छन् ।

२१ वर्षीया बिना गैँडाकोटमै रहेको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन् । हराउनु अघि बिनाले फेसबुकमा देखिने ‘रिलेशनसिप स्टाटस’ मा ‘रिलेशन विथ प्रवेश कँडेल’ उल्लेख गरेकी थिइन् । प्रवेशले पनि फेसबुकमा ‘रिलेशन विथ बिना सापकोटा’ उल्लेख गरेका थिए । बेलायतमा रहँदै आएका प्रवेश वैशाखको दोस्रो हप्ता नेपाल आएका थिए । प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट थियो तर बेलायत फर्कनु अगाडि चितवन प्र’हरीले उनलाई पक्राउ गरी हि’रासतमा राखेको थियो । उनी नेपाल फर्किएपछि चार दिन सम्म बिनाको घरमा नै बसेको परिवारिक स्रोतले जनाएको थियो । gorkhadaily .com बाट साभार गरिियको खबर