Saturday, October 23
Shadow

७७ जनाको ज्यान जोगाउने क्याप्टेन शेर्पासँग रहेकी यी महिला को-पाइलट को हुन् जान्नुस ? (भिडियो सहित )

७७ जनाको ज्यान जोगाउने क्याप्टेन आङगेलु शेर्पाको बारेमा धेरै चर्चा भयो । उनको साथमा चालक दलका ४ जनासमेत थिए ।

क्याप्टेन शेर्पाबारे धेरै नै चर्चा भए पनि उनका साथमा रहेका चालक दलका अरु सदस्यहरु र उनीहरुको त्यति धेरै चर्चा भइरहेको छैन । उनीहरुको योगदानबारेसमेत हामीले जति चर्चा गरेपनि पुग्दैन ।

आज हामी फोटोमा देखिएकी क्याप्टेन शेर्पासँग रहेकी को-पाइलट पेमा लामाबारे कुरा गर्दै छौँ । उनी क्याप्टेन आङगेलु शेर्पाकी श्रीमतीसमेत हुन् ।

विगत केही वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामालाई केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन ? भन्ने प्रश्न धेरै आउने गर्छ ।

महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा लिने गर्छन् तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ।

सन् १९९१ मा सोलुको फाप्लुमा जन्मिएकी पेमा २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्। नेपालमा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्। एसएलसी दिएपछि पेमा उच्च शिक्षा हासिल गर्न सन् २००५ मा काठमाडौं आईन् ।

हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर (+२) अध्ययन गरिन्। (+२)अध्ययन सकियो। त्यसपछि के गर्ने ? अन्योलमा परिन् उनी।

उनलाई वातावरण विज्ञान पढ्ने मन थियो। तर उनका बाबाको चाहनाचाहिँ छोरी पाइलट बनिदिए हुन्थ्यो भन्ने थियो। पाइलट पेसाबारे जान्न उनले आङ्गेलु शेर्पासँग सल्लाह सुझाब मागिन् ।

जो बुद्ध एयरमा पाइलटका रुपमा कार्यरत थिए। शेर्पाले पेमालाई पाइलट पेशासम्बन्धी पुस्तक ‘फ्रम द ग्राउण्डअप’ पढ्न सुझाब दिए। सो पुस्तक पढ्न सुझाव दिने तिनै आङ्गेलुसँग उनको विवाह भइसकेको छ। आङ्गेलुले सुझाव दिएकै किताब पढिन्, पढेपछि पेमा आफैंलाई पनि पाइलट बनौं-बनौं जस्तै लाग्यो।

उडान सम्बन्धी तालिम लिन नेपाल नागरिक उडड्न प्राधिकरणबाट सिफारिस पत्र लिनु पर्ने हुन्थ्यो। प्राधिकरणबाट सिफारिस पत्र लिएपछि मार्च २००९ मा उनी १५ महिने तालिमका लागि उनी फिलिपिन्स पुगिन् । त्यहाँ उडान सम्बन्धी १५ महिने तालिम लिइन्। सुरुमा उडान सम्बन्धमा सैद्धान्तिक पढाई हुन्थ्यो । सैद्धान्तिक तालिम लिँदासम्म उनलाई पाइलट हुँदाको अनुभव कस्तो हुन्छ, थाहा थिएन।

उनको सैद्धान्तिक तालिम सकियो, प्रयोगात्मक पढाई सुरु भयो। त्यसपछि बल्ल उनले उडान तालिमको मज्जा लिन पाइन्। त्यो क्षण सम्झँदै उनले भनिन्, ‘फिलिपिन्समा तालिम लिँदाको १५ महिनामा कहिले तालिम सकिएला नेपालमा फर्केर उडान गर्न पाइएला जस्तो लाग्थ्यो।

२०१० को जुलाईमा तालिम सकेर उनी नेपाल फर्किन्। उनमा जोश र जाँगर पर्याप्त थियो। तर त्यो जोस जाँगर लामो समय टिकन पाएन। कारण थियो, यहाँ बेहोर्नु परेको बेरोजगारी। ४० लाख खर्चेर फिलिपिन्समा उडानसम्बन्धी तालिम लिएकी थिइन्।