Sunday, October 24
Shadow

बेहुली लिन जाने दिनमा म’लामी

एकै दिन दिदी भाइ एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको थियो ।

बिहेको तयारी गर्दै टेण्ट लगाएर सजाइएको माहोलमा एकाएक मौनता छायो । शनिवार बिहान भव्य तयारीका साथ जन्ती जाने साइत थियो तर परिवारका सबै सदस्य अचानक काठमाडौंतर्फ लाग्नुपर्ने बाध्यता आयो ।

उहाँहरु काठमाडौं हिँडेपछि बिहेको तयारी एकाएक रोकिएको छ । बिहे घरमा लगाइएको टेन्ट उतारिएको छ । जन्ती जानेका मनमा पीडा थपिएको छ ।

बिहेको रमाइलो माहोल सुरु हुन लाग्दा लाग्दै गर्दा को’रोना स’ङ्क्र’मण भइ काठमाडौं उपचा’रमा रहेका घरको सदस्य काकाको मृ’त्यु भएपछि परिवार शो’कमग्न भएको छ । वर्ष ५२ का मृ’तक जितपुरमा व्यव्साय गर्दै आउनुभएको थियो । दीर्घरो’ग र अन्य कुनै रो’गको स’मस्या थिएन ।

स्थानीयका अनुसार केसी परिवारको घरमा ठूली छोरी र भाइको एक पटक बिहेको तयारी भएको थियो । कोरो’ना ‘स’ङ्क्र’मित रहेका काकाको स्वास्थ्य अवस्थामा सुधार नभएपछि छोरीलाई शुक्रवार राती नै विवाह गरी दिएका थिए ।

शनिवार छोराको जन्ती जाने कार्यक्रम थियो । तर बिहानै उप’चारका क्रममा काठमाडौमा मृ’त्यु भएको खबरले जन्ती जानु अगाडि मृ’त्युको खवर आएपछि विवाहको काम रोकिएको छ ।

वाणगंगा नगरपालिकामा कोभिडको दोस्रो पटकको लहरले स्वस्थ, हट्टाकट्टा मानिसले ज्या’न गु’मा’उनुपरेको छ । शनिवार बिहान नि’धन भएका केसीलाई दीर्घरोग र अन्य रो’गको सम’स्या थिएन । उहाँको अप्रत्याशित देहा’न्तले कोरो’नाले स्व’स्थ्य मानिसलाई पनी मृ’त्यु गराउन सक्ने रहेछ भन्ने तथ्य उजागर गरेको छ ।

सोही नगरपालिकाका वडा नं। ४ राजापानीमा होटेल संचालन गरेका ३० वर्षीय हट्टाकट्टा युवक पनि कोरो’नाको कारणले ज्या’न गु’माउने परेको थियो । आँखा अगाडिका घ’टना बाहिर आउँदा पनि स्थानीय भने सचेत भएका छैनन् । हाल कपिलवस्तुमा १२० जना को’रोना स’ङ्क्र’मित छन् ।

तीमध्ये आठ जना भेन्टिलेटर र १० जना आइसीयुमा उपचारका क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुमा हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । को’रोना बढ्दै जाँदा सरोकारबाला निकायले ठोस कदम चाल्न सकेका छैनन् ।

यता स्थानीय सरकारले भने विपतको जो’खिम कम गर्नका लागि तत्परता देखाएका छैनन् । पालिकाका मुख्य स्थानमा हाटवजार संचालनमा छन् । विद्यालयसमेत परीक्षा गर्ने भनी संचालनमा छन् ।

मुख्य चोकमा र बैंकहरुमा भीडभाड छ । जसले गर्दा कपिलवस्तुमा दोस्रो लहरको कोरो’ना फैलिन सक्ने सम्भावना देखिन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।