Monday, October 25
Shadow

सरकारले देशका ४० वर्ष माथिका सबै नेपाली नागरीकको पिसाब जाँच गर्ने ! कारण भने यति राम्रो

पुरा खबर,

सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिक ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने भएको छ ।

देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहसचिव डा. कृष्ण पौड्यालले जानकारी दिए ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए ।

४० बर्ष माथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने जानकारी दिए ।

उनले पूर्व रोकथा’ममा ध्यान नदिए मिर्गौ’ला रो’गी बढेर सरकारले धा’न्नै नसक्ने अवस्था आउने भन्दै सरकारले पूर्व सुर’क्षाका लागि ध्यान दिएको जानकारी गराए । सरकारले यो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० वर्ष माथिका नागरिकको रक्तचा’प, पिसाब तथा रगतमा ग्लुको’ज जाँच, स्तन क्या’न्सर र पाठे’घरको मुखको क्या’न्सरको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गरेको थियो । सोही नीति कार्यान्वयन स्वरुप ४० वर्ष माथिका सबै नागरिकको पिसा’ब जाँच गर्न लागिएको हो ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक वर्ष ३ हजार जनाको मि’र्गौला फेल हुने गरेको बताउँदै मि’र्गौला फेल भएकाहरुलाई डा’यला’सिस गर्न प्रयाप्त मेसि’न नरहेको बताए । उनले प्रत्येक जिल्लामा डाय’लासिस सेन्टर र प्रत्येक प्रदेशमा मि’र्गौला प्रत्यारो’पण अ’स्पताल बनाउन आवश्यक रहेको बताए । साभार गरियको खबर