Sunday, October 24
Shadow

दिल्लीमा लक’डाउ’नको अवधि फेरि एक हप्ता थप

दिल्लीमा भोली सोमबार बिहान समाप्त हुने भनिएको लक डा ‘उनको अवधि फेरि एकहप्ता थपिने घो’षणा भएको छ। अहिले ‘ ह’टस्पट भारतमा दैनिक साढे ३ लाखको दरले को’रोना संक्र’मित थपिरहेका छन् भने २ हजार भन्दा बढीको मृ’त्यु भइरहेको छ।

कोरो’नाको ख’तरालाई मध्यनजर गर्दै फेरि एकहप्ता ल’कडाउन थप गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्। यसअघि गत सोमबार मात्र एकहप्ताको लागि ल’कडाउन घोषणा भएको थियो। दिल्ली मा लगातार १४ दिन लकडा’उन लागू भएको हो।

भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा को’रोना संक्र’मित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको सं’क्रमित संख्या दैनिक तीन लाख ना’घ्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ४९ हजार ३१३ जना नयाँ संक्र’मित थपिएका हुन्।

अघिल्लो दिन पनि भारतमा ३ लाख ३२ हजारभन्दा बढी सं’क्रमित थपिएका थिए। कुल सं’क्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा को’रोना संक्र’मितको संख्या एक करोड ६९ लाख ५१ हजार नाघेको छ।
]
विश्वमा कुल सं’क्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २७ लाख ८८ हजारभन्दा संक्र’मित रहेका छन्।

पछिल्लो २४ घण्टामा त्यहाँ ५२ हजारभन्दा बढी सं’क्रमित थपिएका छन् भने ७४१ जनाको मृ’त्यु भएको छ। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ४३ लाखभन्दा बढी संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ७० हजारभन्दा बढी सं’क्रमित थपिँदा करिब ३ हजार को मृ’त्यु भएको छ।

पछिल्लो २४ घण्टामा २७ सय ६१ जनाको मृ’त्यु भएसँगै कोरो’ना संक्र’मणकै कारण भारतमा मृ’त्यु हुनेको कुल संख्या एक लाख ९२ हजार ३१० पुगेको छ ।संक्र’मित मध्ये एक करोड ४० लाखभन्दा बढी निको भइ सकेका छन् भने करिब २७ लाख सक्रिय सं’क्रमित रहेका छन्।