Friday, October 22
Shadow

पारस शाहबाट प्रभावित हुँ, समर्थक हैन : भरतमणि [भिडियो]

भिडियो हेर्न तल थिच्नुस,

ताप्लेजुङका २७ वर्षीय भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन-२’ उपाधि जितिसकेका छन् ।

पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको क्यारिकेचर गर्दै दर्शकको नजरमा परेका भरतमणिको ‘पारस शाह’को नक्कल धेरैले रुचाइदिए ।

फरक-फरक कन्टेन्टमाथि हास्यव्यंग्य प्रस्तुत गर्न सक्ने खुबीले नै उनलाई विजेताको ताज पहिरिन सहयोग गर्‍यो ।व्यंग्यप्रति भरतमणिको झुकाव, उनले तयार पारेका कन्टेन्टलगायत विषयबारे ईकान्तिपुरकर्मी रीना मोक्तानले गरेको कुराकानी :

‘कमेडी च्याम्पियन-२’ जित्दा कस्तो लागिरहेको छ ?
जितेपछि अवश्य नै सबैलाई रमाइलो लाग्छ । मलाई पनि रमाइलो लागेको छ ।

जित्छु भन्ने नै थियो ?
मनमा जित्न पाउँ भन्ने थियो । तर जित्छु नै भन्ने थिएन । सबैले सोच्ने ‘मैले नै जित्छु’ भन्ने हो । कहिले पनि कन्फिडेन्ट हुँदैन जित्छु भन्ने कुरामा । खासमा भोटकै कुरा हो, कसले बढी भोट ल्याएको छ त्यसले नै जित्ने हो । डर त मनमा हुन्छ नै । मलाई पनि थियो । तर नतिजा आउँदा मात्र जितेको अनुभूति भयो । कान्तिपुरबाट साभार हेर्नुस भिडियो ।