Monday, October 25
Shadow

आज बा, श्रीमती, छोराछोरीको मुख हेर्ने दिन हो ?

काठमाडौँ

प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनी तिक आस्था र परिवारका व्यक्तिलाई मानपदवी (विभूषण) प्रदान गरेकोप्रति व्यंग्य गरेका छन् ।

संविधान दिवसको अवसरमार सरकारले ९ सय ३ जनालाई विभिन्न विभूषण घोषणा गरेको छ । यसप्रति एमाले अध्यक्ष ओलीले व्यंग्य गरेका हुन् ।

उनले संविधान घोषणा भएको दिन शहिदका परिवारले गर्व गर्ने र घाइते तथा लोकतन्त्र ल्याउन भूमिका खेल्ने व्यक्तित्व सम्मानित हुनुपर्नेमा नेताका आफन्त सम्मानित भएको भन्दै सरकारको आ’लोचना गरेका छन् ।

ललितपुरको च्यासलमा पार्टले आयोजना गरेको संविधान दिवस कार्यक्रममा ओलीले भने, ‘यो संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने । यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित हुन पाउनुपर्ने । सम्मानित भएको अनु भूति गर्न पाउनुपर्ने । तर, बालाई सम्मान, श्रीमतीलाई सम्मान !’

आफू प्रधानमन्त्री हुँदा पनि नेताहरूका छोरा र छोरीलाई सम्मानित गर्नुपरेको स्मरण गरेका थिए । ‘संविधान दिवसका दिन त शहिदका सन्तान, आमाबाबुले गर्व गर्नुपर्ने । घा’इतेले सम्मानित हुन पाउनुपर्ने,’ ओलीले थपे, ‘बाको मुख हेर्ने दिन हो ? श्रीमती, छोराछोरीको मुख हेर्ने दिन हो ?”

सरकारले अलं’कार, पदक र विभूषणको नाकमा कालो पो’तेको ओ’लीको आ’रोप थियो । ‘ती विभूषणहरू ला’ज मा’निरहेका छन् । कस्तो-कस्तोको घाँ’टीमा पुग्ने भए ! बोल्न सक्ने भए उफ्रिन्थे ती !’

दाहालपत्‍नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक
ओलीले ती पदक राष्ट्रपतिबाट नबाँ’डेर आफैं घर लैजान पनि सुझाए । उनले भने, ‘किन राष्ट्रपतिबाट बाँड्नुपर्‍यो ? आफैं-आफैं लगेर घर जाऊ न !’

प्रतिनिधिसभा वि’घटन गर्ने आफू प्रधानमन्त्री भएका बेलाको दुई पटकको निर्णय उल्ट्याउने प्रधानन्यायाधीश र न्यायाधीशहरूले सम्मान पाएकोप्रति पनि ओलीले आक्रोश पोखे । प्रतिनिधिसभा वि’घटनमा आफ्नो निर्णयको विरु’द्धमा बहददेखि फैस’ला गर्नेले विभूषण पाएको भन्दै ओलीले आ’क्रोश पोखेका हुन् ।

‘झ’गडिया सम्मानित, मुद्दा हाल्ने सम्मानित, तथानाम बोल्ने सम्मानित, मु’द्दा जिताइदिने र हराइदिने श्रीमान सबैलाई सम्मान,’ ओलीले भने, ‘२- ४ जना छु’टेको झै लाग्यो नाम नभनौं । तिनलाई किन छुटा’एको होला !’आफू प्रधानमन्त्री रहेको बेला सरकारका पक्षमा नलेख्ने सञ्चार संस्थाका प्रमुखलाई विभूषण दिएकोमा पनि ओलीले आ’क्रो’श पोखेका छन् ।

ओ’लीले संविधानको अपव्याख्या र संशोधन भइरहेको भन्दै सर्वोच्च अदालतप्रति पनि आ’क्रोश पोखेका छन् । उनले संविधानको व्याख्या गर्ने कर्तव्य भएको निकायले संशोधन गरिरहेको र त्यो अधिकार संसद्को रहेको पनि बताए । सभामुख अग्नीप्रसाद सापकोटाले पदको गरिमा नरखेको र एमाले विभाजन गर्न विभे’दकारी भूमिका खेलेको ओलीको आ’रो’प थियो । कान्तिपुरबाट साभार गरियको खबर