Friday, October 22
Shadow

धरहरा चढ्दा आइफल टावर चढेको झल्को आयो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आफूलाई आइफल टावर चढेको झल्को आएको बताएका छन्।

शनिबार नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको क्रममा उक्त झल्को आएको ओलीले बताएका हुन्।

प्रधानमन्त्री ओलीले २० औं तल्लामा वेगका साथ हावा चलेको समेत जानकारी गराए।

‘माथि धेरै बेगका साथ हावा चलेको छ। मैले चारैतिर हेरेँ, यहाँ हावा कम चलेपनि त्यहाँ माथि मजाको आनन्दको हावा चल्दो रैछ,

मलाई आइफल टावर चलेको झल्को आयो। त्यहाँ पनि हावा चल्छ,’ उनले भने।

प्रधा नमन्त्री ओलीले देशमा विकास भएको धरहराबाट हेर्न सकिने बताए।

यस्तै प्रधा नमन्त्री ले रानी पोखरीदेखि रंगशाला सम्म फैलिएको बृहत् टुँडिखेल योजना सार्वजनिक गरेका छन्।

शनिबार पुनर्निर्मित २२ तले धरहरा उद्घाटन कार्यक्रममा उनले यो योजना सार्वजनिक गरेका हुन्।

कसरी रानी पोखरी देखि रंगशाला पहिलाजस्तै एकनासले जोडिन्छ भन्ने राष्ट्रिय पुनर्निर्माण प्राधि करणको मास्टर प्लान उनले थ्रिडी भिडिओ मार्फत् सार्वजनिक गरेका हुन्।

बृहत् रानी पोखरी, त्रिचन्द्र कलेज, रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटी मण्डप, धरहरा लोकतान्त्रिक रंग शाला क्षेत्रको एकीकृत गुरू योजना सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको हो।

सेतोपाटी बाट साभार गरीयको