Saturday, October 23
Shadow

आखा चिम्लेर पानी खेल्दाखेल्दै यसरि खसेकी रहिछन पवित्रा !

तनहुँस्थित सेती नदीमा खसेर एक नवदुलही बे’पत्ता भएकी छन् ।

मङ्गलवार दिउसो तनहुँको शुक्लागण्डकी स्थित सेती नदीमा खसेर ती उनी बेप’त्ता भएकी हुन् ।

श्रोतका अनुसार उनको यही भदौ २६ गते भिमादको किहूँस्थित हरिप्रसाद सिग्देलसंग विवाह भएको हो।

स्याङ्गजा जिल्ला हरिनाश गाउँपालिका घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं ८ लालिम बस्दै आएकी १९ वर्षकी पवित्रा लम्साल नदीमा खसे’र बे’पत्ता भएको जिल्ला प्रह’री कार्यालय तनहुँले जनाएको छ । मङ्गलवार दिउँसो साथीहरूसँग टिकटक बनाउने क्रममा उनी सेती नदीमा ख’सेको बताइन्छ ।

उनको टिकटक भिडियो हेर्दा उनी नदीमा जो’खिम मो’लेरै गएको देखिन्छ । त्यस स्थानमा सेती नदी ड’रलाग्दो तरिकाले उर्लिएको भिडियोमा देखिन्छ । नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चि’च्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ ।

लम्साल अचानक चि’प्लिएर नदीमा खसेपछि उनका साथीहरूले प्र’हरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उनले जानकारी दिए । प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार तनहूँको पुलचोकस्थित रक गार्डेनस्थित माथिल्लो काठको पुल छेउमा बसेर टिकटक बनाउने क्रममा चिप्लि’एर लम्साल सेतीमा खसेकी हुन् ।

उनी खसेकी हुन् या होइन भन्ने विषयमा छानबि’न भइरहेको उनले बताए । उनको खो’जीकार्य तीव्र बनाइएको र साँझ ७ बजेसम्म पनि फेला नपरेको तिमिल्सिनाले बताए ।उता ससुरा केदारनाथ सिग्देलका अनुसार पवित्रा र हरिको विवाह हिन्दुसंस्कार अनुसार नै एक अर्कामा मन पराएर दुवैको मञ्जुरीमा गरिएको थियो।

बुहारीले बिबाह पछि पनि पढ्ने इच्छा गरेको भएकाले घरपटिले पढाइदिने समेत बाचा गरेका थिए। उनी आफ्ना साथीहरू सहित फोटो खिच्नका लागि भनेर सेती नदीको रक गार्डेनमा पुगेकि थिइन्। उनेले आफ्ना साथीहरूलाई भनिन्,मसँग फोटो खिच्ने भए आउनु भोलि त म फेरि घर गइहाल्छु, खिच्न पनि पाउँदैनौ भनेकी थिइन् नभन्दै भोलि त हैन त्यसै दिन छोडेर हिँडिन्।

यो कुरा गरेको उनका आफ्ना देवरले बताएका छन्। पवित्राका ससुरा एक शिक्षक हुन् भने श्रीमान हरि विदेशमा काम गर्दै आउनुभएको छ। उनी बिहे गर्न भनी गत श्रावण ३१ गते नेपाल आएका थिए र भर्खरै आजभन्दा पाँच दिन अघि उनले विवाह गरेर दुलान फर्काउन गएका थिए। भिडियो हेर्न यहाँ थिच्नुहोस्