Tuesday, January 18
Shadow

जन्मिए लगत्तै बच्चाले डाक्टरको मास्क तानेको तस्विर भाइरल !

हामी सबैलाई थाहा छ कि,यो महामा’रीको समयमा मास्क कति धेरै आवश्यक छ ।

डाक्टरका अनुसार मास्कले मानिसका लागि भ्याक्सीनको काम गरिरहेको छ ।यसै बीच हालै जन्मिएका एक शिशुलाई मास्क कति आवश्यक छ भन्ने कुरा के थाहा । तर बच्चाले भने जन्मिए लगत्तै डाक्टरको मास्क तानेका छन् ।

यो तस्विर अहिले सोसल मिडियामा अत्याधिक भाइर’ल बनिरहेको छ ।

डाक्टरले इन्स्टाग्राममा तस्विर शेयर गर्दै लेखेका छन्, ‘हामी सबै चाहान्छौँ कि, अब छिटै नै मास्क खोलौँ ।’ यो फोटो यूएईका एक डाक्टरले आफ्नो इन्स्टाग्राममा शेयर गरेका हुन् ।

फोटोलाई लिएर अनेकौँले आफ्नो विचार राखिरहेका छन् । कसैले अब अति भयो मास्क खोलौ भनिएको हो भनेका छन् । कसैले अब को’रोना भा’इरसको म’हा’मारी अन्त्य हुन्दैछ भन्ने संकेत हो भनेका छन् । तपाइलाई के लाग्छ कमेण्टमा आफ्नो विचार राख्नुहोला । एजेन्सीको सहयोगमा साभार गरियको खबर