Tuesday, October 26
Shadow

यस कारणले रातभर पटक पटक ब्यूँ]तिएर सुत्न सकिनन् करिश्मा !

भिडियो हेर्नुस,

कक्षा १२ को परीक्षा बुधबारबाट सुरु भएको छ । यसअघि दुईपटक स्थ’गित भएको परीक्षा बुधबारबाट फेरि सुरु भएको हो ।

नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर पनि आजबाट सुरु भएको परीक्षामा सहभागी भएकी छन् ।

कलेज ड्रेसमा सजिएर उनी बुधबार ११ बजे कक्षा १२ को परीक्षा दिन परीक्षा केन्द्र किटनी कलेज गोदावरी पुगेकी छन् । उनले अध्ययन पनि सोही कलेजबाट गरेकी हुन् । परीक्षा केन्द्र पनि उनको त्यही परेको छ ।

अहिलेको समय परीक्षा हुँदा केही अ’प्ठ्या रो महसुस भइरहेको उनले बताएकी छन् । अभिनय, ब्यवसाय बिभिन्न कामले धेरै ब्यस्त भएको कारण करिश्माले यो पटकको परीक्षामा धेरै तयारी गर्न सकेकी छैनन् ।

केही दिनको तयारीमा आफु म परीक्षा दिन आएको उनले बताइन् । ‘यो पटकको परीक्षामा धेरैे तयारी गर्न सकेको छैन’ करिश्माले भनिन् ‘सहि तरिकाले तयारी गर्ने हो भने थोरै समय पनि लाभदायक हुँदो रहेछ ।’ हिजोसम्म सुटिङमा रहेकी करिश्माले परीक्षाको कारण बुधबारबाट ८ असोजसम्मका लागि सबै काम स्थ’ गित गरेकी छन् । मेजर अंग्रेजी बिषय लिएर अध्ययन गरिरहेकी करिश्माले को ‘रोनाले कलेज छुटाएकोले लेखनमा गा’हे हुने हो कि भन्ने अनुमान गरिन् ।

कलेज परीक्षामा केही राम्रो रिजल्ट ल्याउनुपर्ने प्रेस र समेत उनलाई रहेको छ । सोही कारणले पनि आफु रातभर पटक पटक ब्यूँतिएर सुत्न नसकेको करिश्माले सुनाइन् । अभिनयको अलवा समाज सेवामा समेत सक्रिय उनले केही अगाडि आफुलाई राजनीतिबाट अलग राखेकी थिइन् । यो खबर रातोपाटी डटकमबाट साभार गरियको हो ।