Tuesday, October 26
Shadow

मोटोपनले सतायो ? एकदमै सजिलो सँग यसरी घटाउनु होस् तौल

सबैभन्दा पहिले माथि follow मा थिच्दिनुहोला ,

मोटोपना बढेमा उच्च रक्तचाप, मधुमेह, मुटु रोग लगायतको समस्या हुने गर्दछ ।

मोटोपना घटाउने वा तौललाई नियन्त्रण गर्ने सजिलो काइदा हो, खानपानमा नियन्त्रण ।
यसको मतलब यो होइन कि, खानेकुरा नखाने वा कम खाने । बरु त्यस्ता खानेकुरा खानमा पूर्ण बन्देज लगाउने, जसले मोटोपन बढाउँछ ।

खान नछाडौं
हामी तौल घटाउने नाममा डाइटिङ गर्छौ । आवश्यक्ता भन्दा बढी डाइटिङ गर्दा शरीरलाई आवश्यक पर्ने पोषण(तत्वको कमी हुने गर्दछ । जसले गर्दा शरीर कमजोर हुनुका साथै शरीरमा विभिन्न समस्या निम्तने गर्दछ ।

जबकी डाइटिङ विना नै स्वस्थ्यवर्दक खानेकुराको सेवनले शरीरलाई आवश्यकत पोषण तत्व प्रदान हुने गर्दछ । यसको लागि दिनको शुरुवात स्वस्थवर्दक खानेकुराबाट गर्न सकिन्छ । दिनमा कम्तीमा तीन पटक पौष्टिक तत्वयुक्त स्वस्थ खानेकुराको सेवनले शरीरलाई पोषण प्राप्त हुनुका साथै शरीर स्वस्थ रहने गर्दछ । साथै, यस्ता खानेकुराको सेवनले भोक समेत कम लाग्ने हुँदा तौल नियन्त्रण गर्न सजिलो हुने गर्दछ ।

कम खाने
कयौ मानिस एकै पटक धेरै खाने गर्छन् । जसले गर्दा तौल कम हुनुको सट्टा झन् बढ्ने गर्छ । तौल कम गर्न जहिले पनि खाना खादाँ सानो प्लेटको प्रयोग गर्नु पर्छ । र, खाना हरियो साजसब्जी, दही, सलाद लगायतलाई महत्व दिनु पर्छ । त्यतिमात्र हैन, खाँदा सकेसम्म दोहर्‍याएर खान हुँदैन । यति गर्न सकेमात्र पनि तौल नियन्त्रण हुने गर्दछ ।

भोक लाग्दा मात्र खाने
भोक लागेपछि मात्र खाना खानु पर्दछ । कयौ मानिस समय विताउन वा अल्छीपना हटाउन खाना खाने गर्दछन् । जसले गर्दा मानिसको तौल कम हुनुका सट्टा झन् बढ्ने गर्दछ । यसको सट्टा कतै डुल्न गएर वा आफूलाई रमाइलो लाग्ने काम गरेर पनि समय विताउन सकिन्छ ।

व्यायाम गर्ने
जहिले पनि व्यायाम गर्नु पूर्व चिकित्सकसित सल्लाह गर्न अनिवार्य छ । त्यसबाहेक, सिढी चढेर ताथ थोरै हिडेर पनि सक्रिय जीवन बाच्न सकिन्छ । हप्तामा कम्तीमा पनि पाच दिन हिड्ने, साइकिलिङ्ग गर्ने, स्वीमिङ्ग गर्ने, दौडने तथा हाइकिङ्ग गर्ने बानी बसाल्ने । साथै दिनमा कम्तीमा एक घण्टा कसरत गर्ने । यसले पनि तौल नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्दछ ।

गुलियो नियन्त्रण गर्ने
डर्जट्स, डोनट्स कुकिज, क्यान्डी, चकलेट तथा गुलियो मिसिएको खानेकुरा खानबाट परेज गर्ने किनकी यस्ता खानेकुरामा क्यालोरीको मात्रा उच्च हुनुका साथै पोषणतत्व कम हुने गर्दछ । त्यस्तै, पेय पदार्थमा चिनीको सट्टा अन्य पेय पदार्थ सेवन गर्नुका साथै डाइट सोडा पिउन सकिन्छ । यसले पनि तौल नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ ।

प्रशस्त मात्रामा पानी पिउने
जो मानिस दिनमा तीन देखि चार लिटर पानीको सेवन गर्छन्, उनीहरुमा वजन कम हुने सम्भावना उच्च हुने गर्छ ।

बाहिर नखाने
तौल नियन्त्रण गर्ने व्यक्तिले सकेसम्म घरमै बनाएको खाना खानु पर्दछ । बाहिरी खानेकुराबाट सकेसम्म परेज गर्नु पर्दछ । खानै परेमा सुप, सलाद वा कम तेलको प्रयोग गरिएको खानेकुराको सेवन गर्नु पर्दछ । खाना खाँदा शरीरलाई चाहिने मात्र खाना खानु पर्दछ । बरु खाना धेरै भएमा अरुसित बाढेर खानु पर्दछ । यसले पनि तौल नियन्त्रण गर्न निकै मद्दत मिल्दछ ।

नास्ता गर्ने
नास्तामा सकेसम्म फल, साजसब्जी वा चिल्लो रहित खानेकुराको सेवन गर्नु पर्दछ । लौ फ्याट क्राकर्स, होल ग्रेन सिरियल्स तथा ओट मिलको सेवनद्धारा तौल कम गर्न सकिन्छ ।

खाना पकाउँदा कम तेलको प्रयोग गर्ने
खाना पकाउँदा सकेसम्म कम तेलको प्रयोग गर्ने । तार्नु, भुट्नुको सट्टा सेकेर, ग्रिल गरेर तथा बाफमा पकाएर पनि खाना खान सकिन्छ ।
-एजेन्सीको सहयोगमा ।यो खबर केटिएम खबर बाट साभार गरियको हो ।