Friday, October 22
Shadow

२ महिनाकै महँगो भएको सुन आज भने यति धेरैले घट्यो

नयाँ वर्ष २०७८ लागेदेखि लगातार बढेको सुनको मूल्य हप्ताको अन्तिम दिन भने घटेको छ।

बुधबारको तुलनामा बिहिबार २०० रुपैयाँको सामान्य वृद्धि भएको सुनको भाउमा आज भने ५ सय रुपैयाँको गिरा’वट आएको छ।

बैशाख १ गतेपछि हिजोसम्ममा सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढिसकेको थियो।

नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले घटेर ९१ हजार ७ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबारको तुलनामा २ सय रुपैयाँले बढेर हिजो प्रति तोला ९२ हजार २ सयमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले घटेको छ।

नेपाली बजारमा आज तेजाबी सुनको मूल्य ९१ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको मूल्यमा पनि गि’रावट आएको छ।

बिहिबार तोलामा २५ रुपैंया वृद्धि भएर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने १५ रुपैयाँले घटेर १ हजार ३ सय २० रुपैयाँमा करोबार भइरहेको महासङ्घले जनाएको छ।