Monday, December 6
Shadow

सरकारले ह्वात्तै बढायो बाइक-स्कुटरमा लाग्ने कर, बाइक-स्कुटरको भाउ यति सम्म बढ्ने

शुक्रबार सरकारले ल्याएको प्रतिस्थापन विधेयकमार्फत् दुईपांग्रे सवारी साधनको कर बढाएको छ।

विधेयकले १२५ सिसीभन्दा माथिका मोटरसाइकल/स्कुटरको अन्तशुल्क १० प्रतिशत बढाएको हो।
५०० देखि ८०० सिसीका बाइकमा भने २० प्रतिशत अन्तशुल्क बढाइएको छ।

अन्तशुल्क बढेसँगै अब नयाँ आउने १२५ देखि १५५ सिसी इन्जिन क्षमताका दुई पांग्रे सवारीसाधनको मूल्य बढ्नेछ।
नेपाली बजारमा यी मध्यम मूल्यका र धेरै बिक्री हुने सवारी मानिन्छन्।

त्यस्तै २०० देखि ८०० सिसीका बाइकको पनि भाउ बढ्नेछ।८०० सिसीमाथि भने अन्तशुल्क पुरानै दर, १०० प्रतिशत कायम छ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत अन्त:शुल्क बढाएका हुन्।सरकारले भन्सार शिर्षक ८७११.२०.९२ मा आयात हुने
१ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुलक वृद्धि गरेको छ।

यो शीर्षकमा अब ५० प्रतिशत कर तिर्नुपर्छ। यो भन्दा अघि ४० प्रतिशत लाग्दै आएको थियो।

यस्तै भन्सार शिर्षक ८७११.२०.९९ मा आयात हुने २ सय सीसी नाघेको तर २ सय ५० सीसी ननाघेको मोटरसाइकलमा १०
प्रतिशत अन्त:शुल्क बढेको छ। अब यो शीर्षकमा ६० प्रतिशत अन्तशुल्क लाग्नेछ।

यो शीर्षकमा यसअघि ५० प्रतिशत कर लाग्दै आएको थियो। भन्सार शीर्षक नम्बर ८७११.३०.९० मा आयात हुने अन्य शीर्षकमा
पनि २० प्रतिशत अन्तशुल्क बढाइएको छ। यो शीर्षकमा ६० प्रतिशत अन्त:शुल्क लाग्दै आएको थियो।

भन्सार शीर्षक नम्बर ८७११.४०.०० मा आयात हुने ५ सय देखी ८ सय सीसी क्षमतासम्म ८० प्रतिशत लाग्दै आएको कर बढाएर
१०० प्रतिशत पुर्याइएको छ। ८ सय सिसीभन्दा बढी सीसीको मोटरसाइकलमा १ सय प्रतिशत अन्तशुल्क लिइने छ। सेतोपाटी र बिजमान्डुबाट साभार गरियको