Sunday, November 28
Shadow

यस्ता गरिबलाई सरकारले १० हजारका दरले पैसा दिने !

सरकारले पाँच लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै कोरोना महा’मारीलगायतले काम गुमाएका
गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका हुन्।

अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले
अनुदान रकम दिने घोषणा सरकारले गरेको छ।

नेकपा एमालेको वि’रोधबीच सरकारले प्रतिष्ठापन विधेयक ल्याएको छ। यस्तै Tata box 1
सरकारले स्पाइनल कर्ड इ’न्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ।

ह्विलचियर प्रयोग गर्ने स्पाइनल कर्ड इन्जु’रीका बि’रामीलाई मासिक भत्ता दिने निर्णय भएको हो। आज बालुवाटारमा बसेको
मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले जनाएको छ।

स्पाइनल कर्ड इञ्जुरी भएकाहरूले दुई साता अघि सिंहदरबारमा पुगेर गृहमन्त्री खाणलाई भेटेर भत्ताको व्यवस्था मिलाउन पहल गरिदिन आग्रह गरेका थिए।
सरकारले भत्ता दिने निर्णय गर्नु सकरात्मक भएको स्पा’इनल क’र्ड इन्जु’रीको समस्या भोगिरहेका केशव थापाले बताए। सरकारले क्यान्सर, मिर्गौला रोग लगा
यतका गम्भीर प्रकृतिका बिरामीलाई पनि मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयकमार्फत् पनि यो घोषणा गरिसकेका छन्। सेतोपाटीबाट साभार गरियको