Saturday, October 23
Shadow

४८ घण्टा नहुँदै सङ्खुवासभामा भएको घट्नास्थल बाट फेला पर्यो यी महत्वपूर्ण सामान !

सङ्खुवासभामा एउटै परिवारका भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

घटनास्थलबाट मु’चु’ल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अ’ज्ञात समूहले मादी नगरपालिका–१ खोला
गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार ह’ ‘त्या गरेको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८
वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको ह’ ‘त्या भएको थियो ।

अनुसन्धानका क्रममा मंङ्गलबार घटना अनुसन्धान गर्ने क्रममा घटनास्थलबाट १५ तोला सुन, तीन लाख रुपैँया रकम फेला परेको
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदी ले जानकारी दिए ।

आइतबार राती भएको एकै परिवारका छ जनाको घट्नामा सं’लग्न अ’परा’धी पत्ता लगाउन सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट
दुईवटा तालिम प्राप्त कुकुर समेत खटाइ अनुसन्धानमा निरन्तर लागिरहेको जनाइएको छ । अनुसन्धानका क्रममा घटनास्थलबाट बेलुकीपख कुकुरले
सर्च गर्ने क्रममा एक थान फोन समेत फेला परेको प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवेदीको भनाई छ ।

उहाँका अनुसार मंङ्गलबार विहान घ टनास्थलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायव उपरिक्षक (डिएपी) रुकमबहादुर कुँवरको कमान्डम
रहेको टोली घटना स्थल पुगेर अनुस न्धानको प्रक्रियालाई झनै फराकिलो रुपमा अगाडि बढाइएपछि घटनास्थलबाट उक्त सामानहरु फेला फेला परेको जनाइएको छ ।

उक्त घटनामा सं’लग्नता दोशीको खोजी कार्य जारी रहेको र अ’परा’धी पत्ता लगाएर चाँडै कारबाहीको दायरामा ल्याउन निरन्तर अनुसन्धानमा लागि परेको
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । घटनाको सत्य तथ्य छिटो भन्दा छिटो पत्ता लगाउन निरन्तर अनुसन्धान जारी राखेको प्रमुख
जिल्ला अधिकारी पौडेलले बताए । घटनामा सं’लग्न हुन सक्ने अ’परा’धी फ’रा’र हुन नदिन सोमबारबाटै सङ्खुवासभाका सबै नाकाहरुमा प्रहरी परिचालन
समेत गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

तेजबहादुरका दुई छोराहरू वैदेशिक रोजगारीमा छन्। जेठो छोरा रमेश र नरेश दुवै मलेसिया छन्। रमेशकी श्रीमती रञ्जनाको यसै घटनामा परेकी छन्।
नरेशकी श्रीमती मुना भने झापामा बस्छिन्। ‘धन कमाएर परिवार चलाउन विदेश गएका छोराहरूलाई अब हामीले कसरी खबर सुनाउने ?’ छिमेकी
लक्ष्मीभक्तले पी’डा सुनाए, यो परिवारको छरछिमेकका कसैसँग झै–झ’गडा पनि थिएन। मिजासिला थिए। यो त रहस्यमय घटना भयो।’

तराईमा जग्गाको बैना गरेर बौदमानको परिवार जग्गापास गर्न जाने तयारीमा थियो। जग्गापास गर्न लागेको खबर पाएकाले घरमा पैसा राखेको हुन सक्ने
आशंकामा उनीहरूको यो घट्ना भएको हुनसक्ने स्थानीयको अनुमान छ। तीजपछि उनीहरू तराईमा जग्गापास गर्न जाने तयारीमा रहेको मृतकका आफन्तले बताए।