Monday, October 25
Shadow

कलाकार निशा घिमिरको स्वास्थ्य अवस्था अझै उस्तै ! के भन्छ नर्भिक अस्पताल ?

उद्दार गरेको झण्डै तीन महिना बित्न लाग्दा पनि मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन ।

नर्भिक इन्टरनेशनल हस्पिटलले आज एक पत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएकाे हो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै पनि अक्सिजनकै सपोर्टमा सिसियुमा राखेर
उपचार गरिएको छ ।

उनले आफै खाना खाने अवस्था अझै छैन । शरीरमा केही मासु लागे पनि लामो समयसम्म पनि घाउ नि’को हुन सकेकाे छैन ।

‘उ’द्दार गरेको केही दिनसम्म घिमिरेको स्वा’स्थ्यमा सुधार हुने लक्षणहरू देखापरेका थिए । उहाँको उ’पचारमा लगातार नेपाल र नर्भिकमा उ’पलब्ध
सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ’, अस्पता लले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर पनि उहाँको स्वास्थ्य
अवस्थामा खासै सुधार देखिएको छैन । तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ ।’

नर्भिकका प्रबन्ध संचालक मेघा चौधरीले घिमिरेको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्दा’र गरेकी थिइन् । हालसम्म नर्भिकमा घिमिरेको
उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध संचालक मेघा चौधरी र अस्पतालले प्रायोजन गर्दै आएको छ । अस्पतालका अनुसार हालसम्म निशाको उपचारमा
५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।’

पत्रकार सम्मेलनको अवसरमा नर्भिकले निशाको उ’पचारका क्रममा अरू कोही व्यक्ति वा संस्थाबाट कुनै पनि सहयोग नलिएको र लिन आवश्यक समेत
नरहेको प्रष्ट पारेको छ । ‘निशा घिमिरेको उपचारका नाममा कोही कसैले सहयोग रकम संकलन गरिरहेको भन्ने यदाकदा सुनिन्छ, तर यो विषयमा
नर्भिक अस्पताल अन’भिज्ञ रहेको छ’, विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

दुर्घ’टनामा परेर तीन वर्षदेखि मृ’त्युशै’यामा छ’टपटाइरहेकी कलाकार घिमिरेको उपचार जारी रहेको र उनको स्वा’स्थ्य अवस्थालाई आवश्यक पर्ने अन्य
विकल्पहरूको विषयमा समेत सोच्नुपर्ने अवस्था आएको बताइएको छ ।

डा. पंकज जलान नेतृत्वको टिमले घिमिरेको उपचार गरिरहेको छ । डा. जलानले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत
बताएका छन् । उनका अनुसार दु’र्घटनाका कारण घिमिरेको ब्रे’न इञ्जु’री भएको र त्यसको अवस्था निकै ज’टिल रहेकोले पूर्ण रूपमा नर्मल हुने संभावना देखिन्न।

दु’र्घटनापछि घिमिरेको ‘ब्रे’नमा निकै ‘ड्या’मेज भएको र लामो समय उ’पचार’विहीन अवस्थामा राखिएकोले समेत अहिले सबै को’सिसका बाबजुद घिमिरेको
अवस्थामा अपेक्षित सुधार हुन नसकेको उनको भनाइ छ ।

तीन वर्षअघिसम्म मिडियाहरूमा छाउने गरेकी मोडल निशा घिमिरेको उ’द्दार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । मोडल निशा आर्थिक अभावका
कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । यस्तै बि’जोग अवस्थामा नर्भिककी प्रबन्ध संचालक चौधरीले उनको उ’द्दार गरेकी थिइन्
यो खबर फरक’धार डट कममा छ ।