Sunday, November 28
Shadow

भारत बाट प्रख्यात बैज्ञानिक Sonam Wangchuk आऊनु भयो. उहाँले नेपालीमा बोलेको भिडियो हेर्नुस्।

सन् २००९ मा रिलिज सुपरहिट बलिउड फिल्म ‘थ्री इडियट्स’ मा अभिनेता आमिर खानले एक यस्ता वैज्ञानिकको
भूमिका गरेका थिए, जसका नाममा चार सयभन्दा बढी पेटेन्ट दर्ता छ। संसारभरका बहुराष्ट्रिय कम्पनी उनको पछि लागेका छन्।

ती वैज्ञानिक भने सहरको चकाचौंध र नाम-दामबाट टाढा लद्दाखको दुरदराज गाउँमा केटाकेटीहरूको निम्ति स्कुल चलाइरहेका छन्।

उनको स्कुल आमस्कुलभन्दा फरक छ। त्यहाँ किताबी पाठ घोकाइँदैन, बरू विद्यार्थीहरूको दैनिक जीवनमा काम

लाग्ने व्यवहारिक शिक्षा दिइन्छ। उनको स्कुलमा अन्तरिक्ष सुट लगाएका विद्यार्थी यस्तरी हिँडिरहेका हुन्छन्, मानौं चन्द्रमाको सयर गर्दै छन्।

साइकलको प्याडल चलाएर उनीहरू भेँडाको ऊन कात्छन्। स्कुटरको इञ्जिनबाट मकै पिस्छन्। र, स्कुल परिसरभित्र ‘मू’त्र विस’र्जन’ गर्नेलाई करेन्टको झट्का दिन पनि उनीहरू माहिर छन्।

फुङसुक वाङ्डू नामका ती वैज्ञानिकको चरित्र वास्तविक जीवनमा आधारित छ। उनी हुन् लद्दाखका सोनाम
वाङचुक, जो इञ्जिनियर भएर पनि फिल्ममा देखाइएजस्तै लद्दाखको हिमाली गाउँमा स्कुल चलाएर बसेका छन्।

सन् २०१८ मा म्यागासेसे पुरस्कार जितेका उनै सोनाम वाङचुक सोमबार नेपालका म्यागासेसे विजेता महावीर पुनसँग देखिए।उनी कीर्तिपुरस्थित महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र भ्रमणमा आएका थिए।

पुनले आफ्नो ट्वीटरमा वाङचुकले बोल्दै गरेको भिडिओ हाल्दै लेखे, ‘आज राष्ट्रिय आविष्कार केन्द्रमा लद्दाख,

भारतबाट प्रख्यात वैज्ञानिक सोनाम वाङचुक आउनुभयो। उहाँले नेपालीमा बोलेको भिडियो हेर्नुस्। थ्री इडियट्स भन्ने

आमिर खान हिरो भएको फिल्म धेरैले हेर्नुभयो होला। सो फिल्म उहाँको जीवनमा आधारित थियो। अब उहाँसँग सहकार्य गरिन्छ।’

पुनले सार्वजनिक गरेको २१ सेकेन्डको भिडिओमा वाङचुकले भनेका छन्, ‘हाम्रो लागि आविष्कार न्यूयोर्कबाट आउँदैन, न्यूदिल्लीबाट आउँदैन, हामीले नै गर्नुपर्छ, पहाडहरूको सन्दर्भ हेरेर।’

यसै सन्दर्भमा हामीले सोनामको भ्रमण र उनीसँगको सहकार्यबारे महावीर पुनसँग कुराकानी गर्‍यौं।

वाङचुकसँग उनको पहिलेदेखि चिनजान थिएन। उनी पुनको निम्तोमा नेपाल आएका पनि होइन रहेछ।
अर्कै कार्यक्रमका लागि नेपाल आएको मौका पारेर वाङचुकले आफूजस्तै म्यागासेसे विजेता पुनसँग सम्पर्क गरेका रहेछन्।

‘उहाँले मेरो मोबाइलमा फोन गर्नुभयो र हाम्रो राष्ट्रिय आविष्कार केन्द्र आउँछु भन्नुभयो,’ पुनले सेतो
पाटीसँग भने, ‘हामीले उहाँलाई आविष्कार केन्द्र भ्रमण गरायौं।’

झन्डै एक घन्टा केन्द्रमा बिताएका वाङचुकले आफू मिलेर काम गर्न तयार रहेको बताएका छन्।

साभार सेतोपाटी

भिडियो