Saturday, October 23
Shadow

अफगानिस्तानका सञ्चारमन्त्री हाल जर्मनीमा ड्राइभरको काम गर्दै

पढनु अघि यो भिडियो ,

अफगानिस्तानका पूर्व सञ्चारमन्त्री सैयद अहमद शाह हिजोआज जर्मनीमा सामान पुर्‍याउने गाडीको चालक बनेर काम गरिरहेका छन् ।

युरोपको सबभन्दा ठूलो टेलिकम्युनिकेसन कम्पनी टेलेकममा काम गर्ने आफ्नो सपना रहेको उनले बताए ।

आफूले सादा जीवन बिताइरहेको शाहको भनाइ छ । राष्ट्रपति अशरफ गानी र मन्त्रिपरिषद्का सदस्यले सरकारी रकम आफ्नै खल्तीमा
हाल्न थालेपछि आफूले प्रतिकार गरेको उनी बताउँछन् । त्यसपछि आफूलाई मन्त्रीपदबाट बर्खास्त गरिएको उनको भनाइ छ ।

मन्त्रीबाट हटेपछि उनी युरोप गएका हुन् । त्यहाँ उनी भ्रष्टाचाररहित वातावरणमा काम गर्न पाउँदा खुशी छन् ।

अफगानीलाई मुलुक छाड्न नदिने
ता’लिबानले अफगान नागरिकलाई अब मुलुक छाड्न नदिने बताएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार काबुल एयरपोर्टमा
मुलुक छाड्नेको भीड कायमै भएकाले ता’लिबानले मंगलबार आफगानीलाई अब बाहिर जान नदिने बताएको हो।

यसैगरी ता’लिबानले अमेरिकालाई ‘उद्धार’ कार्य अर्को साताभित्र सक्न पनि मिति तोकिदिएको छ। अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिक र विदेशी
नागकिलाई उ द्धार गरिरहेको छ।ता’लिबानका प्रवक्ता जबिउल्लाह मु’जाहिदले पत्रकार सम्मेलनमा विदेशी नागरिकलाई कुनै रोकटोक नगरिए पनि एय
रपोर्टमा अफगानीको ठुलो भीडलाई फर्काने बताए। उनले अब अफगानीहरूले नयाँ कानूनको पालना गर्नुपर्ने बताए।

‘एयरपोर्ट जाने बाटोमा प्रतिबन्ध लगाइएको छ। अफगानीहरू त्यो बाटो भएर एयरपोर्ट जान पाउँदैनन्, तर विदेशी नागरिकहरूलाई भने उक्त बाटो
भएर जान अनुमति छ।’ उनले अब अफगानीलाई बाहिर जान नदिइने भन्दै अफगानीलाई अन्य मुलुक लैजाने कार्यप्रति आफूहरू खुसी नभएको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ सम्ममा अफगानिस्तानमा रहेका आफ्ना सेना फिर्ता गरिसक्ने बताएसँगै ता’लिबानको पछिल्लो भनाइ आएको हो।
यद्यपि अमेरिकी गठबन्धनमा रहेका मुलुकले उद्धार कार्य अझै लम्ब्याउनुपर्ने बताएका छन्। उनीहरू अझै धेरै मानिस बाहिर जान चाहेको भन्दै थप समय
लाग्ने बताएका हुन्। हिमाली पत्रिकाबाट साभार गरियको खबर