Friday, October 22
Shadow

नागबेली सडक अचानक भाइरल भएपछि… (भिडिओ)

दाङको घोराही उपमहानगरपालिका-११ झुम्केटारीका केशव बस्नेतले आफ्नो घरअगाडिको सडकमा
दिनहुँ राम-रमाइलो होला भनेर कहिल्यै सोचेका थिएनन्।

उनको घरअगाडि कालोपत्रे नागबेली सडकबाहेक अरू खासै केही छैन। न कुनै मन्दिर छ, न चर्चित
पर्यटकीय स्थल नै छ।

दुईमहिना अघिसम्म सुनसान हुने यो ठाउँ अचेल भीडभाड हुन थालेको छ। किनभने भर्खरै कालोपत्रे
गरेको त्यही नागबेली सडक हेर्न मानिसहरूको भीड लाग्छ।

हापुरखोला रोड भनेर स्थानीयले दिएको नाम अचेल फेरिएर ‘भाइरल रोड’ भएको छ। भाइरल
भएपछि यो सडकको चर्चा दूरदूरमम्म भइरहेको छ। मानिसहरू अटो, बाइक र गाडी चढेरै यहाँ आउँछन्।

गएको शनिबार यो सडकमा बुटवल बुद्धनगरका रविन कार्की ‘बिबोइङ’ गरिरहेका थिए। त्यसपछि
उनले फूर्तिसाथ उल्टोसुल्टो जिम्नाष्टिक हाने। उनका एक साथीले मोबाइलमा भिडिओ खिचिरहेका थिए।

रोडमै भइरहेको कार्कीको त्यो प्रर्दशन टिकटकमा भिडिओ पोष्टिनका लागि थियो।

‘मलाई पनि यो रोडजस्तै भाइरल हुन मन छ,’ कार्कीले सेतोपाटीसँग भने।

टिकटक लगायत सामाजिक सञ्जालमा सयौंले यो सडकको भिडिओ र तस्बिर पोष्ट गरेको देखेर
कार्की साथीसहित यहाँ आएका रहेछन्।

कार्कीलाई त्यो ठाउँ पनि मन पर्‍यो रे।

‘यो त छुट्टीको समयमा मनोरञ्जन गर्ने गज्जबको ठाउँ रहेछ,’ उनले भने ‘गाउँ भए पनि यस्तो
राम्रो विकास र बाटो देख्दा मलाई सारै मन पर्‍यो।’

तुलसीपुरका दीपक र कमला वली लोक दोहरी गीतमा सँगै नाचिरहेका थिए। उनीहरू श्रीमान-श्रीमती हुन्।
उनीहरू पनि सामाजिक सञ्जालमा ‘भाइरल रोड’बारे पोष्टहरू देखेपछि त्यहाँ पुगेका रहेछन्।

वली दम्पतीले सामाजिक सञ्जालमा देखेको भन्दा रोड राम्रो लागेको बताए।

‘आफैंले नदेख्दासम्म कस्तो होला भन्ने खुलदुली थियो,’ दीपकले भने ‘बिदाको मौका छोपे
र हामी बुढाबुढी यहाँ आएका हौं, ठाउँ निकै मन पर्‍यो।’

दीपकले नजिकै व्यवसायिक तरकारी खेती, खुल्ला ठाउँ, खेत, गाउँले परिवेशका घर, ठिक्कको हावापानी
र चिटिक्क परेको नागबेली सडक देखेर निकै खुसी लागेको बताए। कमलाले पनि नागबेली सडक मन परेको बताइन्।

स्नातक अध्ययनरत घोराही-१८ की अञ्जली वली र उनकी साथी सनामी रसाइली पनि भाइरल रोड हे
र्न आएका थिए। रोडको चर्चा सुनेपछि अटो चढेर त्यहाँ आइपुगेको उनीहरूले बताए।

‘भाइरल रोड हेर्ने साह्रै रहर थियो,’ अञ्जलीले भनिन् ‘यहाँ त सयौं मानिस आउने रहेछन्। कस्तो रमाइलो।
मेला आएजस्तै फिल भयो।’

शनिबार रंगीबिरङ्गी कपडामा सजिएका मानिसहरूले भाइरल सडक फूलबारी जस्तै देखिएको थियो। तीम
ध्ये कोही सडकमै नाचीरहेका थिए। कोही अभिनय गरिरहेका, कोही पोज
दिएर फोटो खिचिरहेका, केही अंगालोमा बेरिएका!

त्यहाँ टिनएजर मात्रै हैन, दूधे बालक च्यापेर पुगेका आमाहरू पनि थिए,
अधबैंसे र केही त वृद्धवृद्धा थिए। यस्तै रमाइला दृष्यले त्यो ठाउँ मेलाभन्दा कम्ता थिएन।

नारायणपुर-हापुर-नारेबाङ सडक भाइरल भएपछि स्थानीय पनि दंग छन्।

‘गाउँघरका मानिसहरू के भयो यस्तो? भनेर आश्चर्य व्यक्त गर्छन,’ बस्नेतले भने।

यो सडक तुलसीपुर-घोराही सडक खण्डको नारायणपुर बजारदेखि सुरू हुन्छ र उ
त्तरमा टिकरी नारेबाङसम्म जोडिएको छ।

उक्त सडक खण्ड रमन केएस जेभी सुदुरपश्चिम महेन्द्रनगरले निर्माण गरेको हो। कम्पनीका
सवइञ्जिनियर गोकुल
साउदका अनुसार पुसमा सडक कालोपत्रेको काम सकिएको छ तर अरू काम अझै सकिएको छैन।

‘अब नालामाथि स्ल्याब हाल्न बाँकी छ। यही चैतभित्रै पुरा गर्ने लक्ष्य राखेका छौं,’ साउदले भने।

सडकको काम पूरा नभएको हुँदा हस्तान्तरण पनि भइसकेको छैन। यो सडक भाइरल
भएको देखेर आफूहरू खुसी भएको उनले बताए।