Sunday, October 24
Shadow

हुने वाला भाउजु सङ्ग भाईले बिवाह गरिदिय पछि

दुनियाँमा हरेक क्षण केहि न केही गजबको घटना भइरहेका हुन्छन् । हेर्नुस ,

केही त अति रोचक हुन्छन् । विहारमा एक यस्तो विवाह भएको छ जुन सुन्ने मानिसहरु पनि आश्चर्यमा पर्ने गर्छन् ।

विहारको दरभंगाको जिल्लामा रहेको एक गाउँमा दुलाहाको गाडी जन्ती जान सजिएको थियो । दुलाहा विवाहको लागि गाडीमा
बस्नलाई निस्कदै थिए । उक्त समयमा सीतामढीमा बस्ने दुलाहाकी प्रेमिका कांचला आइपुगिन् र दुलाहालाई आफ्नो प्रेमी बताउन थालिन् ।

प्रेमिकाले माया आफूसँग भएको र विवाह अरुसँग गर्न लागेकोमा आक्रोस व्यक्त गर्दै विवाह हुन नदिने बताइन् । यस्तो आश्चर्यको
क्रियाकलाप गाउँका सबैजनाले हेरिरहेका थिए । प्रेमिका आफ्नो प्रेमीको गाडीमा अनशनमा बसिन् र विवाह गर्न जिद्दि गरिन् ।

हेर्दा हेर्दै विवाहमा जान तयार भएका जन्तीहरु सबैजना हेराहेर भए । कुराकानी बढ्दै जान लागेपछि परिवारले प्रहरीलाई बोलायो ।
प्रहरी पनि तुरुन्त आइपुग्यो । प्रहरी समक्ष केटीले आफूले ४ दिनसम्म केही नखाएको र जबसम्म आफ्नो विवाह आफ्नो प्रेमीसँग हुँदैन
तबसम्म अनशन बस्ने बताइन् ।

प्रहरीले दुलाहा र प्रेमिकालाई कार्यालयमा केहीबेर राखेर मन्दिरमा लगेर विवाह गरिदिएको छ । उता दुलही दुलाहा जन्ती लिएर आउँछ
भनेर तयारी अवस्थामा बसेकी थिइन् । यता दुलाहाको विवाह भएपछि दुलहीका परिवार धेरै आक्रोशित भए । यसलाई मथ्थर पार्न जुक्ति निकाले ।

दुवै घरपरिवारको सल्लाह अनुसार दुलाहाको सानो भाईसँग विवाह गरिदिएका छन् । एकैदिन दुई भाईको विवाह भएको छ । एजेन्सी

यो पनि पढ्नुहोस संसारमा कहिले काँही अनौठो घटना हुने गर्छन जसले मानिसलाई आश्चर्य बनाउँछ । अर्काको विवाह गराउन
गएका पण्डितलेनै बेहुली भगाइदिए भने के होला ? तपाईले कल्पना गर्न सक्नुहुन्छ ?

वास्तवमा यस्तै घटनाले सबैलाई आश्चर्य चकित पारेको छ । यो घटना नेपालमा भने भएको होइन । भारतको मध्यप्रदेशमा भएको
यो घटनाले सबैलाई आश्चर्य चकित पारेको छ ।एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन् । २१ वर्षकी
रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिनेपण्डितसँग भागेकी हुन् ।

मध्यप्रदेशको विदिशा जिल्लामा रीनाले एक युवकसँग बिहे गर्न लागेकी थिइन् । त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा
लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भागेकी हुन् ।बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना
केही दिनमा आफ्नो माइत फर्केकी थिइन् । माइतबाट उनी घर फर्किनुकोसट्टा पण्डितसँग भागेकी थिइन् । स्थानीय प्रहरी प्रशासनले
पण्डित र युवतीको पहिल्यैदेखि चक्कर चलेको हुनसक्ने अनुमान गरेको छ ।साभार गरियको खबर