Tuesday, January 18
Shadow

कलाकार शम्भुराज थापाको पाटन अस्पतालमा शनिबार बिहान नि’धन !

दुखद खबर,

कलाकार शम्भुराज थापाको को’रोना सं’क्रमणबाट नि’धन भएको छ ।

तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान नि’धन भएको कलाकार
हरिवंश आचार्यले जानकारी दिए । थापालाई तीन साता अगाडि को’रोना सं’क्रमण पुष्टि भएको थियो ।

को’रोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निध’न भएको हो ।

थापाले थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरेका छन् । मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’लगायतका
टेलिसिरियलमा अभिनय गरेका थापाले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो बिरानो’ चलचित्र निर्माणसमेत
गरेका थिए ।

पछिल्लो समय प्रशारण हुँदै आएका धेरै टेलिसिरियलमा उनले अभिनय गर्दै आएका थिए । ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’
‘हल्का रमाइलो’लगायतका टेलिसियिरयलमा उनी अभिनय गर्दै आएका थिए । ‘हल्का रमाइलो’मा काम गरेपछि उनी दर्शकमाझ
‘बखते’ चरित्रले चर्चित थिए ।

थापाको नि’धनप्रति थुप्रै कलाकारहरुले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । कलाकार हरिवंश आचार्यले भने, ‘उहाँ राम्रो
कलाकार हुनुहुन्थ्यो नै, उत्तिकै मिलनसार पनि हुनुहुन्थ्यो ।’

थापाको श्रीमती, एक छोरी र एक छोरा छन् । उनको शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले
जनाएको छ । यो खबर अनलाइन खबर डट कम मा छ ।