Monday, December 6
Shadow

माधव नेपालले २ वर्ष देखि फोन गरेका छैनन्, मैले गरिरहेको छु : ओली

काठमाडाैं,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफूलाई अहङ्कारी भन्नु उहाँको कमजोरी निराधार आ रोप भएको बताउनुभएको छ ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्ताे बताउनुभएकाे हाे ।

ओलीले आफूले माधव नेपालको कुभलो कहिल्यै नसोचेको तर नेपालले भने केन्द्रदेखि प्रदेशका सरकार ढाल्ने, एमाले र आफूविरु द्ध ष ड्यन्त्र गर्ने
लगायतका काम गरेको आ रोप लगाउनुभयो । आफूले कैयौँ पटक भेटेर कुरा गरौँ भन्दा पनि नेता नेपालले भेट्नै नचाहेको ओलीको गुनासो छ ।

‘मैले माधव नेपाललाई भेटौँ भन्दा भेट्दिनँ भने, कम्तीमा दुई वर्ष भयो होला माधव नेपालले फोन गरेका छैनन्, मैले लगातार फोन गरिरहेको छु,
कुरा गरिरहेको छु, उहाँले म बालुवाटार आउँदिन भन्दा म आफैँ ठाउँ–ठाउँका होटलमा गएर भेटेँ’, ओलीले भन्नुभयो ।

कार्यक्रममा ओलीले माधवकुमार नेपाल पार्टीको नेतृत्वमा रहँदा, सरकारको नेतृत्वमा रहँदा पार्टीलाई सिध्याउने भूमिकामै केन्द्रित रहेको
लगायतका आ राे प पनि लगाउनुभयाे । उज्यालो अनलाइनबाट साभार गरियको खबर