Monday, December 6
Shadow

दोस्रोपटक प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति पाएका कुलमानले लय यस्तो ठुलो लक्ष्य ! जुन पुरा भयको खण्डमा तिन करोड नेपालीको मुहारमा छाउनेछ खुशी

नेपाल विद्युत् प्राधिकरण स्थापना भएको ३६ वर्ष पुगेको सन्दर्भमा केही दिनअघि मात्र दोस्रोपटक प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति

पाएका कुलमान घिसिङले गत वर्ष भएका उपलब्धि, भइरहेका काम र आगामी योजना समेटेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन्।

२०४२ भदौ १ गते स्थापना भएको प्राधिकरणले आज ३६औं वार्षिकोत्सव मनाउँदै छ।घिसिङले प्रतिवेदनमा लेखेका छन्, ‘गत आर्थिक वर्षमा राष्ट्रिय गौरवको
मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट परीक्षण उत्पादन गर्न सकेकोमा हाल ६ वटै यु्निटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सफल भएको हुँदा यसलाई हामीले प्रमुख उपलब्धीका रूपमा लिएका छौं।’

अहिलेसम्म देशको कूल जनसंख्याको ९० प्रतिशत नागरिकसम्म आधारभूत रूपमा ग्रिडको पहुँचसहितको विद्युत् पुगेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्

२०८० सालभित्र देशका सबै नागरिकसम्म विद्युत् पुर्याउने सरकारको लक्ष्यअनुसार प्राधिकरणले काम गरिरहेको उनले उल्लेख गरेका छन्।

‘संवत् २०८० सालभित्र देशका सबै जनसंख्यामा विद्युतको पहुँच पु¥याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले आवश्यक कार्य गरिरहेको
छ,’ प्रतिवेदनमा उनले भनेका छन्।

कार्यकारी निर्देशकको प्रतिवेदन—२०७८

वि.सं. २०४२ साल भदौ १ गते स्थापना भएको नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३६औं वार्षिकोत्सव मनाउँदै छ। विद्यमान कोभिड–१९ को विषम परिस्थितिका बाबजुद नियमित रूपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सफल भएको छ।

प्राधिकरणले गत वर्षभरिमा सम्पादन गरेका गतिविधिबाट प्राप्त उपलब्धि र भावी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन यहाँहरू समक्ष प्रस्तुत गर्न पाउँदा
खुसी लागेको छ। गत आर्थिक वर्षमा राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट परीक्षण
उत्पादन गर्न सकेकोमा हाल ६ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सफल भएको हुँदा यसलाई हामीले प्रमुख उपलब्धीका रूपमा लिएका छौं।

कोरोना महामारीले विद्युत् चुहावट र संस्थाको मुनाफामा प्रतिकूल असर पारेको छ। आम जनताको जीउधनको सुरक्षाका लागि नेपाल सरकार र स्थानीय
प्रशासनबाट जारी गरिएको बन्दाबन्दी र निषेधाज्ञाले नियमित मिटर रिडिङ र विद्युत् चुहावट नियन्त्रण गर्ने कार्य प्रभावित हुन पुग्यो। जसका कारण गत
वर्ष १५.२७ प्रतिशत रहेको विद्युत् चुहावट आ.व. २०७७÷७८ मा १७.१८ प्रतिशत हुन गएको छ।

विश्वमा उपलब्ध आधुनिक प्रविधिहरूको अधिकतम प्रयोग गरी सेवा प्रवाहमा चुस्तता ल्याउन र गुणस्तर वृद्धि गर्न प्राधिकरण प्रयत्नशील रहेको छ। यसैअनुसार
संस्थागत स्रोत योजना (Enterprises Resource Planning) को कार्यान्वयन, संरचनाहरूको भौगोलिक नक्सांकन (Grographical Mapping ‘GIS’),
स्मार्ट मिटरिङ, सबस्टेसनहरू स्वचालित गर्ने गत वर्षको योजनाहरू कार्यान्वयन भइरहेको छ। सूचना प्रविधि मार्गचित्रको अवधारण अनुरूप Digital NEA
बनाउँदै नेपाल सरकारको ’डिजिटल नेपाल’ निर्माण गर्ने लक्ष्य पूरा गर्न प्राधिकरणले विविध योजनाहरू कार्यान्वयन गरिरहेको छ।

सुरक्षासम्बन्धी मापदण्ड अपनाउँदा अपनाउँदै पनि गत वर्ष कर्तव्य निर्वाहको क्रममा प्राधिकरणका कर्मचारीहरू घाईते, अंगभंग हुनुका साथै केहीको दुखःद्नि
धनसमेत भएको छ। आफ्नो कर्तव्य पालना गरिरहँदा कोभिड–१९ संक्रमणकै कारणले प्राधिकरणले आफ्नो परिवारको केही सदस्यहरू गुमाउनुपरेकोमा हामीलाई
थप मर्माहत बनाएको छ। दिवंगत कर्मचारीहरूप्रति म व्यक्तिगत र संस्थाको तर्फबाट हार्दिक श्रद्घाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा भावपूर्ण समवेदना
व्यक्त गर्दछु। आगामी दिनमा यस किसिमका घटनाहरू हुन नदिन सबै किसिमका सुरक्षाका उपायहरू अवलम्बन गरी उच्च सर्तकताका साथ कार्यक्षेत्रमा खटिने
व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्दछु।

को भिड– १९ सं क्रमणको कारणले जी
वन गुमाउ नुभएका उपभोक्ता तथा नागरिकहरूप्रति हार्दिक श्र द्घा ञ्जली अर्पण गर्दैै सं क्रमित सबैको शीघ्र स्वास्थ्य लाभको
कामनासमेत गर्दछु। आ.व. २०७७/७८ मा संस्थाले गरेको कार्य सम्पादन, प्राप्त उपलब्धि र आगामी दिनको कार्ययोजनाहरू निम्नानुसार रहेको व्यहोरा
अनुरोध गर्दछु:

सञ्चालन उपलब्धि
विगतमा जस्तै गत वर्ष पनि विद्युत् खपत गर्ने ग्राहकहरूको संख्यामा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७.३७ प्रतिशतले ग्राहकको
संख्यामा वृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ। सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहकसहित विद्युत् उपभोग गर्ने कूल
ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ। समग्रमा हालसम्म कूल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूत रूपमा ग्रिडको पहुँचसहितको विद्युत्पु
गेको छ।

संवत् २०८० सालभित्र देशका सबै जनसंख्यामा विद्युतको पहुँच पु¥याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले आवश्यक कार्य गरिरहेको छ। वितरण
प्रणालीलाई आधुनिकीकरण गर्दै लैजाने योजनाअनुरूप रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका अधिकांश स्थानमा वितरण प्रणाली भूमिगत गर्ने कार्य पूरा भएको छ।
कुलेश्वर, कीर्तिपुर, बानेश्वर, जोरपाटी र बालाजु वितरण केन्द्रमा वितरण लाइन भूमिगत गर्ने कार्य अगाडि बढिसकेको छ भने ललितपुर र भक्तपुरमासमेत वितरण
प्रणाली भूमिगत गर्ने कार्यको ठेक्का सम्झौता भइसकेको छ। उपत्यकाबाहिर पोखरा र भरतपुरमा पनि वितरण लाइन भूमिगत गर्ने कार्यको लागि ठेकेदार छनोट गर्ने
कार्य अन्तिम चरणमा रहेको छ। यो खबर काठमान्डु २४ बाट साभार गरियको हो ।