Monday, October 25
Shadow

अफगानीस्तानमा क’ब्जा जमाउने बित्तिकै ता’लिबानले दियो भारतलार्इ यस्तो ठुलो झट्का !

हेर्नुस भिडियो,

अफगानिस्तनमा ता’लिबानले क’ब्जा जमाएसँगै त्यसको असर छिमेकी मुलुकहरुमा पर्न थालेको छ।

ता’लिबानले भारतसँगको सीमापार व्यापार बन्द गरेको छ।

सामान्य अवस्थामा दुई देशबीच मालवाहक सवारीसाधन पाकिस्तानको बाटो हुँदै आवतजावत गर्ने गरेका छन्।फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनइजेशनले
गाडीको आवतजावत रोकिएका कारण लाखौं डलरको सामान आयात र निर्यात रोकिएको जनाएको छ।

भारतका लागि व्यापारमा अफगानिस्तान सबैभन्दा ठूलो सहयोगी हो। अफगानिस्तानमा ड्याम, स्कूल र सडकको विकासका
लागि भारतले लाखौं डलर लागनी गरेका छन्।

एफआईईओका महानिर्देशक डाक्टर अजय सहायले समाचार एजेन्सी एएनआईसँग भने, “अफगानिस्तानको स्थितिलाई हामीले लगातार हेरिरहेका छौं। त्यहाँबाट
आयात हुने सामान पाकिस्तानको बाटो हुँदै भारत आउने गरेको छ। अहिले ता’लिबानसँग पाकिस्तान तर्फ जाने सबै मालबाहक गाडिलाई रोकि’दिएको छ।

आयात पूर्ण रुपमा ठप्प भएको छ।”अफगानिस्तानको निर्यात रण’नीतिमाथि इन्टरनेशनल ट्रेड सेन्टरको एक रिपोर्ट अनुसार विश्वमा ड्राई फ्रुटको आयातकर्ता

मध्ये भारत एक हो। ड्राई फ्रुट आयात गर्नेमा अमेरिका, जर्मनी र हङकङपछि भारत चौथो नम्बरमा छ। रिपोर्टका अनुसार भारत ठूलो मात्रामा ड्राई फ्रुटको
आयात अफगानिस्तानबाट गर्छ। रिपोर्टका अनुसार बदाम, किशमिश, पिस्ता, अन्जीर निर्यातमा भारत अफगानिस्तानको सबैभन्दा ठूलो खरीदकर्ता हो।
साभार नेपाल लाइभ डटकम। यस्तै अफगानिस्तानमा सत्ता क’ब्जा गरेपछि पहिलोपटक आयोजना गरिएको पत्रकार सम्मेलनमा तालिवान प्रवक्ताले महिलाहरु
काम गर्न स्वतन्त्र रहेका तर उनीहरुले केही नियम र प्रति’बन्धा’त्मक व्यवस्थाको भने पालना गर्नुपर्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्ला मुजाहिद सबै अफ’गानीहरु इस्ला’मको रुपरेखाभित्र रहनुपर्ने दोहोर्‍याएका छन् ।अब अफगानिस्तानमा महिलाहरुलेपूरै
शरीर ढाक्ने गरी बुर्का लगाउनुपर्नेछ । साथै तालि’वानहरुले १० वर्षभन्दा माथिको उमेरका बालिकाहरुलाई विद्यालय जान नदिने घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा थुप्रै अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरुले महिलाको अधिकारका विषयमा प्रश्न उठाएपछि तालि’वनान प्रवक्ताले आफ्नो
धारणा राखेका हुन् । तालि’वानले महिलालाई काम गर्न र अध्ययन गर्न दिने तर आफ्नै संरचनाभित्र रहेर उनीहरुले सो छुट पाउने बताएका छन् ।
काठमान्डु २४ बाट साभार गरियको खबर