Wednesday, December 1
Shadow

नछुट्टिने भन्दै १२३ दिनसम्म सँगै ह’तकडी लगाएर बसेका एक जोडीले अन्ततः टिभीमै गरे डि’भोर्स

भिडियो,

सम्बन्ध सुधार गर्नका लागि १२३ दिनसम्म आफूले आफैँलाई हतकडी लगाएका एक दम्पत्तिको अन्ततः डिभो’र्स भएको छ ।

प्रमी प्रेमिकाले आकाशको तारा र जून झारिदिने बाचा गरेको त सुनेकै हो । एक अर्काका नाम मुटुमै लेख्ने वा जन्म जन्मसम्म सँगै हुन पाउँ
भन्ने गरेको कुरा पनि नौलो रहेन । एक अर्कालाई बुझ्न सहज हुन्छ भनेर पछिल्लो समय प्रेम विवाह बढ्दै पनि गएको छ ।

यहि मेसोमा युक्रेनका एक जोडीले एक अर्कालाई बुझ्न अचम्मको प्रयोग गरेका छन् । अलेक्जेन्डर कुडले र भिक्टोरिया पुस्तोभितोभाले एक अर्कालाई
कतिसम्म साथ दिन सकिने रहेछ वा हाम्रो कुरा कतिको मिल्दो रहेछ भन्ने परीक्षणका लागि १२३ दिनसम्म दुवै जनाका हातमा हत’कडी लगाउने
प्रयोग गरेका छन् । जसले रेकर्ड पनि बनाएको छ ।

युक्रेनको खार्कोभ शहरमा बस्ने यो जोडीले गएको फ्रेबुअरी—१४ अर्थात् भ्यालेनटाइन डे को दिन एक/एक हातमा हत’कडी लगाउने निर्णय गरे ।
१२३ दिनसम्म उनीहरुले कुनै पनि समय हतकडी खोलेनन् ।

हरेक दिन २४ घण्टा हत्क’डी लगाएरै बसे । सँगै हत’कडी लगाएर आफूहरुले प्रेमको परीक्षा दिएको उनीहरु बताउँथे । कति समय
सँगै र एक अर्काको परिपूरक भएर बस्न सकिँदो रहेछ भन्ने परीक्षाको लागि पनि आफूहरुले यसो गरेको उनीहरुले बताएका थिए ।

अब भने उनीहरुको यो परीक्षा पनि सकिएको छ । यी प्रेमिल जोडीले १२३ दिनपछि हातबाट ह’त्कडी खोलेका छन् । यूक्रेनको इतिहासमा
यो सबैभन्दा धेरै समय हत’कडी लगाएको घ’टना भएको छ ।

तर यति लामो समय सँगै ह’त्कडी लगाएर बसेका उनीहरु अब भने एक अर्कासँग अलग्गिने भएका छन् । यो जोडीले अब भने एक अर्कासँग
अलग्गिने र प्रेम सम्बन्ध पनि अन्त्य गर्ने निर्णय गरेका छन् । आफूहरु सँगै बस्दा एक अर्कासँग विचार नमिल्ने कुरा थाहा भएपछि छुट्टिने निर्णय
गरेको उनिहरुको भनाइ छ ।

कुडले भने— ‘हामी यसरी बाधिनुपूर्व एक अर्कालाई राम्रोसँग चिन्न र बुझ्न पाएका थिएनौँ । जब हामी बाँधियौ हामीलाई थाहा भयो र यो महसुस
गयौँ कि हाम्रो जीवनको दृष्टिकोण फरक छ । त्यसैले आफूलाई हानी पुर्याउनुभन्दा हामी अलग्गिने निर्णय गर्यौँ ।’

यो जोडीले आफूले लगाएको ह’त्कडी भने लिलामी गर्ने निर्णय गरेका छन् । उक्त सिक्रीको मुल्य १ लाख १० हजार अमेरिकी डलर अर्थात्झ
ण्डै डेढ करोड रुपैयाँ बराबर राखिने बताइएको छ ।साभार गरियको खबर भिडियो ।