Monday, December 6
Shadow

यस्ता छन् बेक्रअप हुनुका फाइदै फाइदा जान्नुस ।

काठमाण्डौ/ सँगै जिउने सँगै मर्ने बाचा खाएका प्रेमीप्रमिकाबिच पनि मतभेद हुन्छ।

मतभेद मात्र होइन सम्बन्धमा यतिसम्म स’मस्या आउँछ कि ब्रेक नै हुन पुग्छ। एक अर्काको भावना नबुझ्दा, एक अर्काप्रति
श’ङ्काको भा’वना लगायतका विभिन्न कारणले दुईबिचको सम्बन्ध ब्रे’कअपसम्म पुग्छ ।

ब्रेक अप हुनु राम्रो त होइन तर, ब्रेक अप हुँदैमा सबै सकियो भन्ने पनि होइन । ब्रेक अप पछि पनि केही फाइदाहरू पाउन
सकिने बताइन्छ । ब्रे’कअप पछिका केही फाइदा:

– ब्रेकअप भनेको एकअर्काबीचको भावना सफा हुनु हो। दुईबीचको सम्बन्धमा आएका टकरावको अन्त्य हुनु नै ब्रेकअप हो।
यसले मनमा जमेका फोहोर निकालेर फ्याकेर मनमा नयाँ ठाउँको निर्माण हुन्छ। जसले मानिसलाई जीवनमा थप सहजता प्रदान गर्छ।

– ब्रेकअप यस्तो अवस्था हो जहाँबाट मानिसले साथीको आवश्यकताबारे जानकारी हासिल गर्छ।

– तपाईँ कहाँ हुनुहुन्छ, कसको साथमा हो, कहिले पुग्नुभयो, कति बजे निस्किनुभयो जस्ता प्रश्नको अन्त्य हुन्छ। आफ्नो पलपलको
अवस्था भन्नका लागि तपाईँलाई कसैप्रति उत्तरदायी हुँदैन।

– ब्रेकअपपछि तपाईँको पेट सफा हुन थाल्छ। यसले मानिसलाई खुसी दिन्छ। ब्रेकअपपछि ‘अनहाइजेनिक’ खाना खानु आवश्यक पर्दैन।
चाउमिन, आइसक्रिमका साथै अन्य अनहाइजेनिक खानेकुरा खानबाट जोगिनु हुन्छ।

– आफ्नो पार्टनरले चाहेको चलचित्र हेर्नुपर्ने बाध्यताबाट मुक्ति पाइन्छ। ब्रेकअपपछि आफूले चाहेको चलचित्र एक्लै या साथीसँग गएर
हेर्न सकिन्छ।

– फोनको पैसा, महँगो डेट, सरप्राइज गिफ्ट जस्ता पैसा खर्च गर्नुपर्ने अवस्थाबाट छुटकारा पाउनुहुन्छ।

– कसैलाई मायाको नजरले हेर्नका लागि ५० औँ पटक सोच्नुपर्दैन । कुनै केटाकेटीको तस्वीरमा सहजै ‘हाउ क्युट’ भनेर लेख्न सक्छन्
साथै, पार्टीहरूमा तपाईँको डिमान्ड बढ्छ।

– सुतिरहेको अवस्थामा आएको म्यासेजको रिप्लाई गर्ने आवश्यकता महसुस हुँदैन। ‘डु यु मिस मी’ जस्ता प्रश्नको जवाफ दिनुपर्ने आवश्यकता
रहँदैन । आनन्दसँग सुत्न सक्नुहुन्छ।

– ब्रेकअपपछि आईप्याडमा नयाँ खाले गीतहरूको इन्ट्री हुन्छ। साझा सञ्जाललबाट साभार गरियको खबर