Tuesday, January 18
Shadow

सं’क्रमित बढेपछि यी जिल्लाहरुमा लकडा’उन गर्ने तयारी !

नारायण ढुङ्गाना,

काठमाडौँ, ३० साउन : काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य
भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो ।

यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २८ देखि अगामी भदौ ८ गतेसम्मका
लागि जारी आदशेमा यसका अतिरिक्त राति ८ बजेभित्रमा सार्वजनिक तथा निजी सवारी गन्तव्य स्थलमा पुगिसक्नुपर्ने थप आदेश जारी भएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला भन्नुहुन्छ, “राति बीच बाटोमा अलमल गर्ने अवस्था देखियो, यसले भीडभाड बढेको पाइयो,
यसलाई रोक्न ८ बजेभित्र नै गन्तव्यमा पुगिसक्नुपर्ने गरी निर्णय गरिएको हो ।”

स्थानीय प्रशासनले मानवीय लापरबा’हीका कारण को’भिड–१९ फैलने ख’रा रहेको निष्कर्ष निकाल्दै आदेशलाई केही कडाइ गर्न थालेको हो । अन्य विभिन्न
दर्जनभन्दा बढी जिल्लाले समेत कडा’इ गर्दै निषे’धको आदेश जारी गर्न थालिसकेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेल को’रोना स’ङ्क्रमण दरमा वृद्धि भएसँगै काठमाडौँ ललितपुर, भक्तपुरसहित झापा, इलाम, पर्सा, दाङ, बाँके,
सुर्खेतलगायत जिल्लाले आदेशमा केही क’डाइ गर्दै थपेको बताउनुहुन्छ । उहाँका अनुसार यसरी आंशिक वा पूर्ण रुपमा आदेश जारी गर्ने ५७ जिल्ला रहेका
छन् । मुलुकभर नै निषे’धाज्ञामा क’डाइ गर्न थालिएको छ ।

को’रोनाको दोस्रो लह’र सुरुआत भएलगत्तै गएको वैशाख ७ गते नै सीमित क्षेत्र तोकेर नि’धाज्ञा लगाउने पहिलो जिल्ला बाग्लुङले समेत अघिल्लो हप्ताबाट
थप कडा’इ गर्न थालेको छ । पछिल्ला दिनमा को’भिड–१९ को स’ङ्क्रमण वृद्धि हुँदै गएको निष्कर्ष निकाल्दै जिल्ला कोभि’ड सङ्क’ट व्य’वस्थापन केन्द्रको
सिफारिसका आधारमा यही साउन २६ गतेको निर्णयले बिहान १० बजेसम्म मात्र अत्यावश्यक सामग्री खरिद-बिक्रीका लागि समय खुला गरेको छ ।

उक्त जिल्लामा अन्य गतिविधिसमेत बार तोकेर सञ्चालनको अनुमति दिइएको छ । अघिल्लो साता दुई सय जना नयाँ स’ङ्क्रमित देखिएकामा त्यसको पछिल्लो
हप्ता नयाँ स’ङ्क्रमित पाँच सय पुगेको थियो । त्यसैले अहिले जिल्लामा परीक्षणको दायरासमेत बढाएर नियन्त्रणको काम तीव्र पारिएको निमित्त प्रजिअ गणेश
गौतमले जानकारी दिनुभयो । बाग्लुङमा आज सक्रिय स’ङ्क्रमितको सङ्ख्या सात सय २० छ ।

दोस्रो ल’हरका समयमा सबैभन्दा प्रभावित भएको बाँके जिल्लामा वैशाख १३ गते निषे’धाज्ञा जारी गरिएको थियो । बाँके दोस्रो लहरको को’रोना स’ङ्क्रमणका
बेला नि’षेधको आदेश जारी गर्ने दोस्रो जिल्ला हो । बाँकेमा पछिल्लो समयमा को’रोनाका बिरा’मीसँगै अ’स्पतालमा बिरा’मीको चाप बढ्दै गएको छ ।

यही साउन २२ को निर्णयानुसार मानिसको भी’डभाडका कारण सम्भावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्नसक्ने जो’खिम बढेको जनाउँदै बाँकेका
शिवराम गेलालले पूर्वजारी आदेश बमोजिम नि’षेध गरिएका गतिविधि नगर्न÷नगराउन सचेत गराएको छ ।

यसपछि तेस्रो नम्बरमा (वैशाख १४ गते) नि’षेधको आदेश जारी गर्ने सुर्खेत जिल्लामा पनि को’रोनाको स’ङ्क्रमण बढ्दै गएको निष्कर्ष निकाल्दै आदेशलाई
केही क’डाइ गर्न थालिएको छ । सुर्खेतले साउन २२ को निर्णयअनुसार जिल्लामा तरकारी, दूध, फलफूल खरिदका लागि बिहान ६ देखि ७ बजेसम्म र
खाद्यान्न खरिद बिक्रीका लागि बिहान ७ देखि ८ बजेसम्मका लागि पसल खोल्न अनुमति दिएको छ ।

झापा जिल्ला अझै एक कदम अघि बढेर आदेश जारी गरेको छ । साउन ३२ सम्म जारी आदेशमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमै रोक
लगाइएको छ । सरकारी तथा सार्वजनिक कार्यालयको सेवा स्थगत गरिएको छ भने अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालयलाई पनि न्यूनतम कर्मचारी
राखेर सेवा दिन आदेश भनिएको छ । अन्य अत्यावश्यक सामग्री ढुवानीका साधन भने समय तोकेर सञ्चालन गर्न सकिने जनाइएको छ ।

चितवनमा पनि स’ङ्क्रमितको सङ्ख्या र स’ङ्क्रमण दर वृद्धि भइरहेकाले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन स्थानीय प्रशासनले अनुरोध गरिसकेको छ ।
यी केही प्रतिनिधिमूलक जिल्ला हुन् । अहिले पनि मुलुकका ५७ जिल्लामा नि’धाज्ञा जारी गरी को’भिड– १९ निय’न्त्रणका गतिविधि सञ्चालन भइरहेको छ ।
प्रायः जिल्लामा को’भिडका बिरा’मीको चाप बढ्दै गएको निष्कर्षका साथ त्यसको नियन्त्रणका लागि नि’धाज्ञामा क’डाइ गर्न थालिएको छ ।