Sunday, November 28
Shadow

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का ! कसरी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एकपछि अर्को ध’क्का लागिरहेको छ ।

ओली नेतृत्वको सरकार नढल्दै गण्डकी प्रदेशमा उनका विश्वासपात्र पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढलेको थियो । गुरुङ्ग नेतृत्वको सरकार ढाल्न
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेकै माधवकुमार नेपाल समूहबीच ग’ठबन्धन बनेको थियो ।

स्वतन्त्र सांसददिपक मनाङेले समेत गुरुङ्गको साथ छाडेका थिए ।

ओलीलाई गण्डकीको ध’क्का लागेको केही समयमै केन्द्रमै ध’क्का लाग्यो । उनी नेतृत्वको सरकार ढल्यो । सर्वो’च्च अदा’लतको संवैधानिक इजला’सले
शेरबहादुर देउवालाई प्रधान’मन्त्री बनाउने पर’मादेश नै जारी गरेको थियो ।

ओली सरकार ढलेपछि देउवा सरकारले उनका पालामा भएका नियुक्ति र निर्णयहरु धमाधम बदर गर्न थाल्यो । भूमि आयोग बद’र भयो । राजदूतहरु
फिर्ता गरिए । कतिपय नियुक्तिहरु खा’रेज भए । नेपाल विद्युत प्राधि’रणमा कार्यकारी निर्देशक नियुक्त हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा लगेर
कुलमान घिसिङलाई नियु’क्त गरियो ।

लुम्बिनी प्रदेशमा ओलीका विश्वासपात्र शंकर पोखरेल नेतृत्वको सरकार ढल्यो । उनले अविश्वासको प्रस्तावको सामना गर्न नसक्ने भएपछि राजी’नामा दिए ।
लुम्बिनीको शक्तिसं’घर्षमा पनि ओली पक्ष कम’जोर भयो ।

ओलीको पालामा भएका स्वास्थ्य सामाग्री खरिदको छानविन गर्ने र दो’षीमाथि का’रबाही गर्ने निर्णय सरकारले साझा न्यूनतम कार्यक्रममार्फत् गरेको छ ।
यसले ओली आ’क्रोशित छन् । ओलीका पालामा भएका कतिपय निर्णयहरु र त्यस्तो कदम चाल्नेहरुमाथि कारबा’ही सम्मको कदमहरु चालिएका छन् ।
सत्ता बाहिर रहेपछि ओली झन् झन् चुनौती झेलिरहेका छन् ।

एमालेभित्र उनलाई माधवकुमार नेपाल खेमाको चु’नौती छ । नेपाल खेमा न एमाले छाड्छ न ओलीको प्रस्ताव मानेर आउन तयार छ ।
यसले एमाले विभाजनको संघारमा छ । फुटको दो’षी बन्नुपर्ने अवस्थामा ओली पुगेका छन् । रिपोटर्सनेपालबाट साभार गरियको खबर