Saturday, October 23
Shadow

एसईई उत्तिर्ण हुनुभयो भने हेर्नुहोस , तपाँइको लागी अायो यस्तो अफर

भिडियो हेर्नुस,

नेपाल टेलिकमले एसईई उत्तिर्ण भएका विद्यार्थीहरुलाई लक्षित गरेर निशुल्क सिम अफर सार्वजनिक गरेकोछ।

कम्पनीले शनिवार आएको एईईको नतिजामा उत्तिर्ण हुने विद्यार्थीहरुलाई आकर्षित गर्नेगरि नयाँ अफर ल्याएको हो।

कम्पनीकाअनुसार निशुल्क सिम कार्डमा ३० दिनसम्म विभिन्न उपहारहरु प्राप्त गर्न सकिनेछ। जसमा ३०००
एमबीको डाटा राखिएको छ र प्रतिदिन १०० एमबीसम्म चलाउन सकिनेछ ।

त्यसैगरि ३०० मिनेटको टकटाइम रहेको छ जसमा प्रतिदिन १० मिनेट कल गर्न सकिने सुबिधा रहेको छ।
यसका साथै प्रतिदिन १० एमएमएस पठाउन सकिने गरि ३०० एमएमएसको सुबिधा सो अवधिभर प्राप्त गर्न सकिनेछ।

यसका साथै कम्पनीले रु. ५० भन्दा माथिको प्रत्येक रिचार्जमा ६ महिनासम्म ५०० एमबी डाटा, ५० मिनेट
टकटाइम तथा ५० वटा एसएमएसको सुबिधा दिने जानकारी दिएको छ।

टेलिकमले कुनै एईई दिएका विद्यार्थीहरुले पुरानो सिम प्रयोग गरिरहेका छन भने त्यसमा पनि ३० दिनसम्म उपहार प्राप्त
गर्न सकिने उल्लेख गरेकोछ।

यसको लागि कम्पनीमा कक्षा १० को कुनैपनि मार्कशिट, फोटो, र परिचयपत्र लिएर टेलिकम कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ।

प्रतिकात्मक तस्बिर , नुवाकोट एक्सप्रेसबाट साभार गरियको खबर