Friday, October 22
Shadow

सबै तहका कर्मचारीको लागी अायो यस्तो निकै खुशीको खबर ! कर्मचारी हुनुहुन्छ भने पढिहाल्नुस

काठमाडौं

सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको तलबमान वृद्धि गर्ने निर्णय गरेको छ ।

सोमबार सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक
विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीको तलबमान स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

प्रवक्ता कार्कीका अनुसार बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा ३६ सय ५१ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ। यससँगै कूल सं’क्रमितको संख्या ७ लाख
१७ हजार ४ सय ८६ (पी’सीआर टेस्टबाट) र (ए’ण्टीजेनबाट) ६९ हजार ५ सय २० पुगेको छ।

साथै पछिल्लो २४ घण्टामा १७ सय ८४ जना को’रोनाभा’इरस सं’क्रमणमुक्त भएसँगै नि’को हुनेको कूल संख्या ६ लाख ७१ हजार ८३ पुगेको
मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९३.५ प्रतिशत रहेको छ। यस्तै हालसम्म स’क्रिय सं’क्रमित ३६ हजार २ सय ८८ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४घण्टामा मृ’त्यु भएका र त्यसअघि भएका गरी थप २२ जनाले ज्या’न गु’माएका छन्। हालसम्म को’रोनाभा’इरस सं’क्रमणबाट
ज्या’न गु’माउनेको संख्या १० हजार १ सय १५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्यानडा नेपालबाट साभार गरियको खबर ।