Sunday, October 24
Shadow

निषे’धाज्ञामा पुनः कडाइ, पसलहरु हप्तामा तीन दिन, सवारी साधनमा जोर बिजोर हुने !

साउन २४

चितवमा जारी रहेको निषे’धाज्ञामा पुनः कडाइ गरिएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै को’रोना भा’इरस
(को’भिड–१९) को जो’खिम बढ्दै गएकाले यसको रोकथामका लागि निषेधा’ज्ञामा कडा’इ गरिएको जनाएको छ ।

आजबाट लागु हुने गरी साउन ३२ गतेसम्म निषेधा’ज्ञामा कडाइ गरिएको छ ।

प्रशासनको आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा, मासु, अण्डा, चल्ला, दाना खान पकाउने ग्याँस पसल, एग्रोभेट
बीउबिजन, रासाायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने व्यवस्था गरिएको छ ।

दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाइने छ ।

यस्तै अन्य पसलहरु आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनको आदेशमा उल्लेख छ
।यस्तै निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाइने छ ।

पछिल्लो समय चितवनमा कोरो’ना सं’क्रमितको संख्या बढ्दै गएकाले सबैलाई सचेत हुन प्रशासनले आग्रह गरेको छ । प्रशासनले संक्रमण
बढ्दै गएमा जुनसुकै बेलामा पूर्ण निषे’धाज्ञा लागु गर्ने बताएको छ । साभार गरियको खबर