Saturday, October 23
Shadow

बार्सिलोनाबाट बिदा हुँदै गर्दा मेसीले रू’दै के भने ? (भिडियो)

लियोनल मेसीले आइतबार बार्सिलोना क्लब र यसका समर्थकसँग भा’वपूर्ण बिदा लिएका छन्

मेसी पत्रकार सम्मेलनका माध्यमबाट प्रस्तुत भए र यस क्रममा आफूलाई रो’क्न असफल रहे । मेसीले आँ’सु लुका’उन सकेनन् । उनले भने,
‘बार्सिलोनामा बिताएका समय केही राम्रा रहे, केही नराम्रा ।

तर बार्सिलोनाका जनताले मलाई गरेको माया उस्तै रह्यो । मलाई विश्वास छ,कुनै दिन फेरि बार्सिलोनामा फर्कने छु र फरक भूमिकामा हुनेछु ।’

उनले पत्रकार सम्मेलनका क्रममा धेरै भन्न खोजेको तर भन्न नसकेको पनि बताए । उनले भने, ‘बार्सिलोना छा’ड्दै छु । तथ्यमा म अझै पनि विश्वास गर्न
सकिरहेको छैन । तर अहिले मेरो जीवन सधैंका लागि फेरिँ’दैछ र यो तथ्यलाई स्वी’कारेर अगाडि बढ्नु नै ठीक हुनेछ ।’

उनले बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा समर्थकमाझ बिदा लिन पाएको भए त्यो निकै सु’खद् हुने पनि बताए ।

उनले थपे, ‘मैले २१ वर्ष बा’र्सिलोनामा बि’ताएँ, यहीँ मेरा तीन बच्चाको जन्म भयो । हाम्रो लागि बा’र्सिलोना घर हो । यो सहरले हामीलाई जे जतिदियो,
त्यसका लागि धन्यवाद दिनै पर्छ । म सबै खेलाडी साथीलाई पनि धन्यवाद दिन चाहन्छु । जसले मलाई साथ दिए, ती सबैप्रति म आभारी छु ।’

मेसीले बार्सिलोनाका लागि डेब्यु गरेको क्ष’णलाई सबैभन्दा सुखद् मान्दै त्यसपछिका वर्ष आफूले सपना पूरा गर्ने अवसर पाएका पनि बताए । उनी बार्सिलोनाका
लागि सबैभन्दा बढी गोल गर्ने, सबैभन्दा बढी खेल खेल्ने, सबैभन्दा बढी उपाधि जित्ने र सबैभन्दा बढी खेल जित्ने खेलाडी हुन् ।

उनले बार्सिलोनाका लगि ७सय ७८ खेल खेले र त्यसमा ६ सय ७१ गोल गरे ।यस्तै, उनले ३ सय ५ गोलमा अवसर पनि सिर्जना गरे । उनकै सहयोगमा
बार्सिलोनाले ३५ उपाधि जित्यो । जसमा चारच्याम्पियन्स लिग, १० ला लिगा र तीन क्लब वर्ल्डकप छन् ।उनले अबको भविष्यलाई लिएर भने केही बोल्न

चाहेनन् र सबै प्रकारको सम्भावनाबाँकी रहेको पनि माने ।कान्तिपुर साभार गरियको भिडियो हेर्नुस