Sunday, November 28
Shadow

श्वेताले किन भनिन “जुत्ताको मालासहित कालो मोसो दलिदिनु”

काठमाडौँ – अभिनेत्री श्वेता खड्काले सिन्धुपाल्चोकको झ्याँडीमा निर्माण भइरहेको माझीबस्ती आफ्नो मन मस्तिस्कबाट कहिले पनि नहट्ने बताएकी छन्। माझी बस्तीबाट श्वेता पन्छिन लागेको भन्दै समाचार आएपछि सो बारे सामाजिक

संजाल मार्फत स्प’ष्टिकरण दिँदै श्वेताले यस्तो बताएकी हुन्।

माझी बस्तीका केहि व्यक्तिहरुसँग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाई नै अ’सर पार्ने खालका नकारा’त्मक सूचना सम्प्रेषित भएको उनको भनाई छ। ‘श्वेताले माझी बस्तीबाट हात उठाईन्’ भन्दै आएका समाचारलाई श्वेताले भ्रा’मक भनेकी छन्।

“भुकम्प’ले भा’ताभु’ङ्ग बनाएको उदा’स र उदे’क लाग्दो त्यो अवस्थाबाट एउटा सुन्दर, शान्त र मनमोहक बस्तिको रुपमा यो बस्तिले आफ्नो स्वरुप धारण गरिसक्दाको अन्तिम अवस्थामा आएर ‘श्वेताले माझी बस्तीबाट हात उठाईन्’ भन्ने भ्रामक

समाचार आउनु आँफैमा हास्या’स्पद छ । मैले यस्लाई माझी बस्ती र म बिचको भाव’नात्मक सम्बन्धलाई चुँ’डाल्न खोज्ने कुटिल चालको रुपमा लिएको छु ।”,श्वेताले स्पष्टिकरण दिँदै फेसबुकमा लेखेकी छन्।

बिगुल न्युजबाट साभार