Monday, October 25
Shadow

‘द भ्वाइस अफ नेपाल सिजन –३’ को विजेता किरण गजमेरले गरे यस्तो ठुलो घोषणाः किरणले जितेको रकमले गर्नेभय यस्तो

अनलाइन खबरबाट साभार खबर,

नेपालको नम्बर १ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन शनिबार सम्पन्न भएको छ । किरण गजमेरलाई देशको
नयाँ भ्वाइसको रुपमा चयन गर्दै रियालिटी शोको तेश्रो श्रृङ्खला सफलतापूर्वक सम्पन्न भएको हो ।

कोच प्रमोद खरेलको टिमबाट किरणले यो टाइटल जिते । साथमा उनले २५ लाख र ट्रफी समेत पाएका छन् ।

ट्रफी जितेपछि भावूक बनेका किरणले आफ्नो सपना पुरा भएको प्रतिक्रिया दिए । मिडिया कुराकानीमा उनले भने–‘हामी देश खोज्दै हिडिरहेका नागरिक हौं ।
हामी हाम्रो रोजाइले भन्दा पनि वाध्यताले विक’सित राष्ट्रमा पुगेका हौं । तर, मेरो पनि खुशी थिएनँ । आफ्नो देश, भाषा, पोशाक विर्सन सकिदैन ।

मेरा गु’मेका आफन्तहरुसँग नजिक हुने चाहना थियो । आज मैले मेरो गुमे’को परिवार पाएको छु ।’किरण भुटानी शर’णार्थीको रुपमा करिब १४ बर्ष ‘भुटानी
शरणार्थी शिवि’र’मा बसे । नेपालको नागरिकता लिने उनको सपना पुरा हुन सकेन । भलै, उनीसँग आज अमे’रिकाको नागरिकता छ । किरणले भावूक हुँदै
भने–‘भ्वाइस अफ नेपालको ट्रफी मेरो लागि नागरिकता पाए जस्तै नै हो ।’’

उनले आफूले अब आउने पुस्तालाई प्रभावित पार्न चाहेको पनि बताए । किरणले यो शो जितेसँगै २५ लाख पुरस्कार पनि पाएका छन् । उनले, योरकम
नेपालमै सामाजिक कामका लागि खर्च गर्ने बताए । भने–‘म पनि हिजो खुट्टामा चप्पल नलगाई कैयौं संघर्षका पाइलाहरु हिडेको छु ।

आज मेरो जीवन श’रणार्थी जीवन भन्दा केही माथि उठेको होला । तर, अमेरिकामा धनाढ्य जीवन बाँचेको छैन । मेरो बाबु–आमाले आज पनि सामान्य
जागिर खाएर हामीलाई पालिरहनुभएको छ । आज पनि भुटानी शरणार्थी शि’विरमा एम्बुले’न्स नपाएर कैयौं मानिसहरुले अका’लमै ज्या’न गुमा’उनुभएको छ ।

मेरो हजुरआमाको पनि ए’म्बुलेन्स समयमा नआएर शिविरमै नि’धन भएको हो । यसैले, शरणार्थी शिविरमा एउटा ए’म्बुलेन्स खरिद गर्नेछु । साथै,
नेपालको पश्चिममा आवश्यक पर्ने कुनै एक स्थानका लागि पनि ए’म्बुलेन्स खरिद गर्नेछु ।’

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन –३’ को विजेता अमेरीकामा बसोबास गर्ने नेपाली बाबु किरण गजमेर बनेका छन् ।

दर्शकबाट सबै भन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियको हो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् ।
टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि नै
अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।

रातोपाटि डटकमबाट साभार गरियको खबर यस्तै गरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट
ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाईसकाे ट्रफी पाएका छन् ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई
भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधै नै
ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’

टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले
यो उपाधि जितेका थिए । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण
हुँदै आएको थियो ।यो खबर अनलाइन खबरबाट साभार गरियको हो ।

तस्वीरः शंकर गिरी