Sunday, October 24
Shadow

नेपालमै सोमिकाले जन्माइन् एकै पटक ५ वटा बच्चा !

भिडियो,

नेपालमा अनौठो अर्को घटना भएको छ । नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले एकै पटक ५ वटा शिशुलाई जन्म दिनुभएको छ ।

थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनुभएकी तामाङले चार जीवित र एक जना मृ’त शिशुलाई जन्म दिनुभएको हो ।
मृ’तक शिशु छोरा हुन् भने अन्य चार जना छोरी भएको अ’प्रेशन टोलीका प्रमुख डा. कीर्तिपाल सुवेदीले जनकारी दिनुभयो ।

एक जना शिशुलाई एनआ’ईसीयूमा राखिएको छ तीन वटा शिशुलाई आमाको जिम्मा लगाइसकेको डा. सुवेदीले बताउनुभयो ।
एक जना शिशुलाई एनआईसी’यूमा राखे पनि अक्सिजन दिन नपरेको उहाँले बताउनुभयो ।

एनआईसी’यूमा राखेको बच्चाको तौल आठ सय ग्राम छ भने अन्य तीन जनाको तौल क्रमश १.८, १.९, १.६ ग्राम रहेको छ ।

तामाङले नियमित रुपमा प्रसूति गृह’मा गर्भ जाँच गराउँदै आउनुभएको थियो । ‘उहाँ २८ हप्तामा नियमित प’रीक्षण गर्न आउँदा
एक जना बच्चा गर्भमै मृ’त्यु भएको पाएका थियौँ ।

तर, चार जना बच्चा सकु’शल नै भएकाले हामीले निगरा’नीमा राखेका थियौँ’, अस्पतालकी निर्देशक डा. संगीता मिश्राले बताउनुभयो ।

गर्भवती’को पेटमै पानीको फोका फु’टेपछि सोमबार विहान शल्य’क्रिया’मार्फत सुत्केरी गराउनु परेको हो ।

डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा छ जना चिकित्सकको टोलीले सोमिकाको अप्रे’शन गरेको हो । डा. सुवेदीले भन्नुभयो, ‘हामीले
अप्रे’शनको बेला केही ज’टिलता आउला कि भनेर सचेत थियौँ ।

तर, त्यस्तो कुनै कम्प्लि’केसन आएन ।’ चार जनासम्मको बच्चा सामान्यतया जन्मिराख्ने भए पनि त्यसभन्दा माथिको बच्चा जन्माउनु
भने दुर्लभ केश भएको डा. मिश्राले बताउनुभयो । यो नेपालका लागि दुर्लभ नै हो । जनबोलीबाट साभार