Saturday, October 23
Shadow

भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बने किरण गजमेर ! कति भोट पाय त किरणले?

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन –३’ को विजेता अमेरीकामा बसोबास गर्ने नेपाली बाबु किरण गजमेर बनेका छन् ।

दर्शकबाट सबै भन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियको हो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् ।

टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि नै
अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।

रातोपाटि डटकमबाट साभार गरियको खबर यस्तै गरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट
ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाईसकाे ट्रफी पाएका छन् ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई
भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधै नै
ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’

टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले
यो उपाधि जितेका थिए । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो । अनलाइन खबर

तस्वीरः शंकर गिरी