Sunday, November 28
Shadow

सम्बन्ध विच्छेद गरी छुट्टै बसेकी श्रीमतीले श्रीमानलाइ मध्यरातमा फोन गर्दै भनिन्, ‘ए.. हजुर ! प्रेसरको दबाइ लिइरहनुभएको छ नि ?’

तल हेर्नुस,

हरेक मध्येरातमा एक नम्बरबाट उनलार्ई मिसकल आइरहेको हुन्छ, तर कसको नम्बर होला भनी उनी फोन फर्काउँदैनन् बरु
कसैको नम्बर झुक्किएर आयो होला भन्ने सोच्छन् ।

एक दिन होइन दुई दिन, तीन दिन लगातार मिसकल आइरहेको हुन्छ । सातौँ दिनको मध्यरातमा फेरि मिस कल आउँछ र उनकी छोरीले ‘बाबा हजुरको नम्बरमा मिलकल आइराछ’ भन्छिन्,

तर ‘कसैले झुक्किएर गरेको होला, छोड्देउ छोरी’ भन्छन् उनी । बाबा, छोरी, छोरा सबै सुत्छन् । सोही रात फेरि मिसकल आउँछ ।

’अब त भएन है यसलार्ई थर्काउनु पऱ्यो भन्दै छोरी र छोराले फोन फर्काउन खोज्छन्, बाबाले फोन लिँदै
‘म कुरा गर्छु को रहेछ यति राति सधैं मिस कल गर्ने’ भन्छन् ।

र, उनी फोन गर्छन् । उताबाट आवाज आउँछ- ‘ए.. हजुर ! प्रेसरको दबाइ लिइरहनुभएको छ नि ?’ यो शब्द सुनेर उनी झस्किन्छन् ।
आवाज चिनेको जस्तो पनि लाग्छ, जवाफ फर्काउँछन–‘तपाईं को हो ? फेरि मलाई प्रेसर छ या छैन तपाईंलाई जानकारी कसरी ?’ जवाफ
आउँछ- ‘म उही हुँ… हजुरसँग सम्बन्ध विच्छेद गरी छुट्टै बसेकी व्यक्ति ।’

सम्बन्ध विच्छेद भैसकेकी आफ्नो पूर्वपत्नीको आवाज सुनेर उनी मौन हुन्छन् । छोराछोरीले ‘बाबा को हो ? किन यति राति फोन गरेको ? फेरि महिलाको
आवाज छ’ भन्दै जिज्ञासा राख्छन् । बच्चाहरूको प्रश्नको जवाफ उनले दिन चाहेनन्, ‘सुत तिमीहरू.. यति रात भैसक्यो’ भन्दै मोबाइल अफ गर्छन् र
सबै सुत्छन् ।

भोलिपल्ट बिहान तीनैजना एकसाथ चियाखाजा खाँदैछन् । छोराछोरीलाई कौतुहलता हुन्छ, बाबालाई राति कसको मिसकल आउँछ भनेर बुझ्नलार्ई, र
हिम्मत गरेर सोध्छन्- ‘बाबा हजुरलाई कसको मिसकल आउँछ मध्यरातमा.. हामीलाई भन्नुस् न, फेरि हामी खाना पनि खाँदैनौँ नि !’ बच्चाहरू
जिद्दी गर्छन् । उनीहरूको जिद्दीको अघि बाबाको केही चल्दैन ।

यो खबर सामाजिक सञ्जालबाट साभार गरियको हो ।