Friday, October 22
Shadow

चर्चित कलाकार मुकुन्द थापा नेपाल क्यान्सर अस्पताल भर्ना !

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा भर्ना भएका हुन् ।

चलचित्रमा भिलेनको भूमिकाबाट चर्चामा आएका मुकुन्दको घाँटीमा समस्या देखिएको बताइएको छ ।

घाँटी भित्र गिर्खा पलाएकोले उनको आज थाईराईड ग्लाईनको अप्रेसन हुने बताइएको छ । मंगलबार कलाकार मुकुन्दको स्वास्थ्य अवस्था बुझ्न कलाकार संघका उपाध्यक्ष मोहन निरौला अस्पताल पुगेका थिए ।साभार गरीयको खबर