Saturday, November 27
Shadow

प्रधानमन्त्री देउवाका छोरा जयवीर सिंहलाई झुक्याइयो !

प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।

प्रधानमन्त्री देउवाका सहयोगीका रुपमा उनले काम सुरु गरिसकेको स्रोत बताउँछ । तर, सुरुमा एक खरा’ब
व्यक्तिको सं’गतका कारण उनी विवा’दमा तानिएका छन् ।

भारतमा पछिल्लो समय एक सामान्य व्यक्ति निकै चर्चामा छन् । उनको नाम हो प्रशान्त किशोर । जसले मोदीलाई प्रधानमन्त्री बनाउदेखि हालै ममता
बजर्नीलाई पश्चिम बंगालमा चुनाव जिताउन पर्दा पछाडिबाट भूमिका खेलेका थिए । उनलाई राजनीतिको रणनीतिकारका रुपमा लिइन्छ । जसले राजनीतिक
गर्नेहरुलाई कसरी चुनावमा सफल बनाउने भन्ने रणनीति सुक्ष्मरुपमा बनाएर लागू गराउँछन् । त्यसमा सफल भएका कारण भारतमा उनको ठूलो प्रशंसा छ ।

उनै प्रशान्तको बारेमा नेपालमा पनि चर्चा सुरु भइसकेको छन् । उनका सहयोगीहरु नेपाल आएर नेताहरुसँग छलफल गर्न थालिसकेका छन् । अबको एक
वर्षभित्रै नेपालमा पनि स्थानीय चुनाव गर्नुपर्ने भएकाले यस्ता र’णनीतिकारहरुको दौ’डधुप बढेको छ ।

यसै क्रममा एक युवकले आफु प्रशान्त किशोरको टिमको व्यक्ति भएको भन्दै प्रम पुत्र जयविरलाई समेत झु’क्याएको खुले’को छ । विगतमा नेपालमा समेत
बसेका सं’योग संजोग दत्ता नामक युवकले यसरी जयवीरलाई झु’क्याएका हुन् ।

जयसिंहले दत्तालाई स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग पनि भेट गराएर आगामी चुनावमा उनलाई प्रयोग गर्नेबारे छलफल गराएका थिए । पछि प्रशान्त
किशोरका वास्तविक व्यक्ति मन्त्री श्रेष्ठसम्म पुगेपछि त्यसबारे रह’स्य खुलेको हो । त्यसपछि प्रम पुत्र देउवा दत्तासँग झ’स्किएको बालुवाटार स्रोत बताउँछ ।

जयविर पछिल्लो समय व्यापारमा समेत गो’प्य रुपमा लागेको स्रोत बताउँछ । मामा भूषण राणा तथा उमेश श्रेष्ठसँगै मिलेर उनले व्यापारमा समेत लगानी
गर्न थालेको बालुवाटार स्रोतले बताएको छ । दृष्टिन्यूजबाट