Tuesday, October 26
Shadow

यी १७ जिल्ला तेस्रो लहरको अति उच्च जोखिममा , सतर्कता अपनाउनुहोस …

निषेधा’ज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण म’हामारीको ते’स्रो ल’हर स’न्निकट देखिएको छ।

खो’प अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिश’त पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि
साउन ५ गते सं’क्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हारा’हारी व्यक्ति’को परी’क्षण गर्दा ४ हजार हा’राहारीमा सं’क्रमण पुष्टि हुने गरेको छ।

सरकारले यससँगै १७ जिल्लालाई अति उच्च जो’खिम क्षेत्रमा राखेको छ। जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची,
पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन्। यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन्।
जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा,
दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन्।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विगतभन्दा सं’क्रमणदर बढ्दै गएको बताए। ‘महामा’रीको उच्च जोखि’मबाट गुज्रिरहेको अवस्था छ,’
सह–प्रवक्ता डा. अधिकारीले भने, ‘स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले गर्ने सेवाभन्दा बढी सेवा लिन स्वास्थ्य संस्थामा
आउने अवस्था हुँदै गए व्यवस्थापन गर्न गाह्रो हुन्छ।’

एक सं’क्रमितले एक वा सोभन्दा बढीलाई सारे त्यसको लह’र बढ्दै जाने विज्ञ बताउँछन्। सं’क्रमणलाई सं’क्रमित व्यक्तिमा सीमित राख्न सके मात्र संक्रमण
घट्ने हुन्छ। त्यसका लागि भरपर्दो विक’ल्प खोप लगाउने हो। तर, खोप केन्द्र टाढा हुँदा कतिपय खो’पबाट वञ्चित भएका छन्। कतिपय ठाउँमा खोप
दुरुपयो’ग भई लक्षित समूहले लगाउन पाएका छैनन्। ‘सरकारले घर–घरमा गएर खो’प लगाइदिने रणनीति तयार गरेको छैन। कार्यविधि बनेको पनि
छैन,’ सह–प्रवक्ता डा. अधिकारीले भने। साभार गरियको खबर