Friday, October 22
Shadow

नायिका गरिमा पन्त आमा बनिन् : जन्माइन् छोरी

नायिका गरिमा पन्त आमा बनेकी छिन् । बेल्जियम*मा रहेकी गरिमाले छोरीलाई जन्म दिएकी हुन् ।

सामाजिक सञ्जाल इन्स्टामा छोरी र श्रीमान् सँगको तस्बिर राख्दै ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौँ ।

गरिमाले छोरीको नाम ‘प्रिषा’ राखिएको समेत सामाजिक संजालमा उल्लेख गरेकी छिन् । छोरी प्रिषा, तिमीलाई यो
सुन्दर धर्तीमा स्वागत छ’भनेर खुसी व्यक्त गरेकी छिन् ।

अर्को खबरमा बेलायतमा बसेर गीतसंगीतमा सक्रिय बनेका गीतकार दीपक मैथाने मगरले नयाँ गीत ‘बैगुनी’ को भिडियो सार्वजनिक गरेका छन् । साउथ
ह्यारोस्थित हाम्रो चौतारी रेस्टुरेन्टमा एक कार्यक्रमबीच यो गीतको भिडियो रिलिज गरिएको छ । कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर
गुरुङले दीपकको गीत र भिडियो निकै राम्रो बनेको बताए ।

गायक प्रमोद खरेलको स्वर रहेको यो गीतमा मैथानेकै शब्द रहेको छ । यसमा संगीत र संगीत संयोजन विलन थापा मगरले गरेका छन् । बेलायतमा
छायांकन गरिएको भिडियोमा कलाकार मनीष श्रेष्ठ, पहिलो मिसेस यूके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बुको अभिनय रहेको छ ।

‘बैगुनी’ गीतको भिडियोलाई कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । कुशलकै छायांकन र सम्पादन रहेको भिडियोलाई बेलायतका रमणीय र प्रसिद्ध
स्थानमा छायांकन गरिएको छ । भिडियोमा प्रेम विछोडमा पीडा देखाइएको छ । राजधानिडेलीबाट साभार