Tuesday, October 26
Shadow

“मेस्सी म भन्दा राम्रा खेलाडी होलान् तर म मेस्सी भन्दा ह्यान्डसम छु”- रोनाल्डो

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो वा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी बीच को उत्कृष्ट खेलाडी भन्ने बहस कुनै नयाँ चीज हैन।

र पोर्चुगिज कप्तान रोनाल्डोको पनि यो विवादमा आफ्नै राय रहेको छ। तर पिटर क्राउचका अनुसार रोनाल्डोको राय धेरै कारकले प्रभावित
रहेको छ। कुनै समय रोनाल्डोको यस रायमा फुटबल पिचमा को उत्कृष्ट भन्ने कुरा नै सामिल थिएन।

पूर्व लिभरपुल तथा इंग्ल्याण्ड स्टार पिटरले उनलाई रियो फर्डिनान्डले धेरै पटक सुनाएको कहानीको बारेमा खुलासा गरेका छन्। रियोले
पिटरलाई बताएको कहानी अनुसार रोनाल्डो आफू मेस्सी भन्दा ह्यान्डसम भएकोमा निकै खुसी हुने गर्थे।

क्राउचले भने,”रियो फर्डिनान्डले हामीलाई क्रिस्टियानो रोनाल्डोको बारेमा एउटा कहानी सुनाउने गर्थे। उनका अनुसार म्यानचेस्टर युनाइटेडमा हुँदा
रोनाल्डो न-ग्न भएर ऐनाको अगाडी उब्भिने गर्थे र आफ्नो कपालमा हात राख्दै ‘आहा, म कति राम्रो छु’ भन्ने गर्थे।” रोनाल्डोको उक्त क्रियाकलाप
दिखेर उनका टिममेटले रोनाल्डोलाई उनी भन्दा मेस्सी उत्कृष्ट रहेको भन्दै जिस्काउने गरेको पनि रियोले क्राउचलाई बताए।

“युनाइटेडका अन्य खेलाडीहरुले ५ पटकका ब्यालुन डी ओर विजेतालाई, जे होस्, मेस्सी तिमी भन्दा राम्रो खेलाडी हुन् भन्दै जिस्काउने गर्थे।
जसपछि रोनाल्डो आफ्नो काँध हल्लाउँदै फेरी मुस्कुराउँथे र भन्ने गर्थे ‘हो हो, तर मेस्सी यस्तो ह्यान्डसम छैन’,” क्राउचले रियोको कहानी सुनाउँदै भने ।

मेस्सी-रोनाल्डो बीचको उक्त विवाद अहिले पनि निकै चर्चामा रहने गर्छ। तपाईंको नजरमा मेस्सी र रोनाल्डो मध्ये को उत्कृष्ट हुन् त ?
यो खबर बिगुल न्युजबाट साभार गरियको हो ।