Tuesday, January 18
Shadow

शरीर जोडिएका संसारकै सबैभन्दा बढी उमेरका जुम्ल्याहाको नि’धन (भिडियो )

भिडियो ।

शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) रोनी र डोनी ग्लेयानको निध’न भएको छ । उनीहरुको ६८ वर्षको उमेरमा नि’धन
भएको हो । उनीहरुले डेटनको एक अस्प’तालमा ‘प्राण त्या’गेका छन् । उनीहरुका भाई जिमले नि’धनको खबरको पुष्टि गरेका छन् ।

उनीहरुको अन्य कुनै रोगले नभ’ई प्राकृतिक नि’धन भएको जनाइएको छ । यी जुम्ल्याहा दाजुभाइको जन्म २८ अक्टोबर १९५१ मा अमेरिकाको ओहायोमा
भएको थियो । उनीहरुले सानै उमेरेदेखि सर्कसमा काम पाएका थिए । अस’हाय भएपनि उनीहरु निकै प’रिश्रमी थिए । ३ वर्षकै उमेरदेखि सर्कसमा
जोडिएका उनीहरुले सन् १९९१ सम्म त्यो काम गरेका थिए ।

त्यसपछि उनीहरु आफ्ना भाइ बुहारीसँग बस्दै आएका थिए । भाई जिम र उनकी पत्नीले जुम्ल्या’हाको राम्रो हेरबिचार गर्दै आएका थिए । रोनी र डोनीले सन्
२०१४ मा ६३ वर्षको उमेर पार गरेसँगै जीवनको सबैभन्दा लामा यात्राको कीर्तिमान बनाएका थिए । त्यसअघि यो रेकर्ड अमेरिकी मूलका चेङ र
बंकरको नाममा थियो । उनीहरु ६२ वर्ष बाँचेका थिए ।

सन् २०१० मा रोनी र डोनीको नाममा टिएलसी च्यानलले एउटा वृत्तचित्र बनाएर प्रसारण गरेको थियो । उनीहरु दुई भाइको पे’ट जोडिएको थियो ।
उनीहरुको कम्म’रदेखि तलको भाग एउटै र कम्मर भन्दा माथि दुई जना थिए । साभार सलुट खबर