Sunday, October 24
Shadow

यो कारणले गर्दा झुण्डाइन्छ पसल र गाडीमा खुर्सानीको माला !

एजेन्सी: पसलहरूतिर अनि गाडीमा कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ।

खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ।

हुन त यसलाई अन्धविश्वास मान्न सकिएला तर कागती र खुर्सानीको संयोगले स्वास्थ्य पनि राम्रो बनाउँछ। एउटा कागती
र सातवटा खुर्सानीलाई धागोमा उन्नुपर्छ। वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाउन प्रेरित गरिन्छ।

घरमा कागतीको रुख भयो भने वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ। कागतीमा धागो उन्दा कागतीबाट सुगन्ध
निस्कन्छ र वातावरणमा फैलिन्छ। यसले मूड पनि फ्रेश गराउँछ अनि कीरा पनि भगाउँछ।

हावालाई सफा बनाउनका लागि कागतीको अमिलोले राम्रो भूमिका खेल्छ। कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन्।सिधाबाटोबाट साभार गरियको खबर